पारस खड्काको अर्धशतक पुरा, नेपालको ठोस सुरुवात

Paras Khadka Half century

आईसीसी एकदिवसीय बिश्वकप छनौट अन्तर्गत अफगानिस्तानसंगको तेश्रो खेलमा नेपाल अहिले प्रतिस्पर्धा गरिरहेको छ।

टस जितेर ब्याटिंग गरको नेपालले कप्तान पारस खड्काको अर्धशतक मदतले राम्रो सुरुवात गरेको छ। दिलिप नाथको सट्टा खेलाईएका ओपनर अनिल साह ७ रन बनाएर आउट भएपछि ब्याटिंग गर्न आएका पारस खड्का र ज्ञानेन्द्र मल्लले अर्धशतक माथिको साझेदारी गर्दै नेपाली इनिंग उकासेका हुन्।

पारसले २२ औं ओभरको पहिलो बलमा रासिद खानको बलमा चौका प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन्। ५६ बलमा अर्धशतक पुरा गरेका खड्काले ७ चौका र १ छक्का प्रहार गरेका छन्। उत्कृस्ट लयमा रहेका पारसले जिम्बाबेसंग ४० तथा स्कटल्याण्डसंग ६३ रनको इनिंग खेलेका थिए।

१३ रनको योगफलमा अनिल साह आउट भएपछि पारस खड्का र ज्ञानेन्द्र मल्लले ७४ रनको साझेदारी गरिसकेका छन्।

यो समाचार तयार पार्दासम्म नेपालले २२ ओभर सकिंदा ८७ रन बनाएर १ विकेट गुमाएको छ।  पारस खड्का ५८ रन ( ६१ बल, ८ चौका १ छक्का ) तथा ज्ञानेन्द्र मल्ल १९ रन ( ५८ बल, २ चौका ) बनाएर बय्टिंग गरिरहेका छन्।

https://www.youtube.com/watch?v=TrQz3kWhlYo

महत्वपूर्ण खेलमा स्टार ब्याट्सम्यान शरद भेसावकर बिना नेपाली टिम मैदानमा हुनेछ। शरद ह्याम्सट्रिन्ग इन्जुरी का कारण आजको खेल गुमाएको ब्यबस्थापक रमन शिवाकोटीले बताएका छन्। यस्तै विकेट किपर ब्याट्सम्यान दिलिप नाथलाई आज अन्तिम ११ मा राखिएको छैन। शरद र दिलिपको सट्टा अन्तिम ११ मा करन केसी र अनिल साहले पहिलो पटक मौका पाएका छन्।साहले विकेट किपरको भूमिका समेत निभाउनेछन्।

नेपालको अन्तिम ११

Gyanendra Malla , Anil Sah ( WicketKeeper ) , Paras Khadka ( Captain ) , Dipendra Singh Airee , Aarif Sheikh , Rohit Kumar , Sompal Kami , Basant Regmi , Karan KC , Sandeep Lamichhane , Lalit Rajbanshi

अफगानिस्तान अन्तिम ११

Afsar Zazai ( Wicket Keeper ) , Rahmat Shah , Mohammad Nabi , Rashid Khan ( Captain ) , Gulbadin Naib , Sharafuddin Ashraf , Mujeeb Ur Rahman , Najibullah Zadran , Shapoor Zadran , Samiullah Shenwari , Javed Ahmadi

प्रतियोगितामा दुई खेल खेलेको नेपाल र तीन खेल खेलेको अफगानिस्तानले अहिलेसम्म जितको खाता खोल्न सकेका छैनन्। छनौट प्रतियोगिता सुरुहुनु अघि प्रमुख दाबेदारको रुपमा हेरिएको नव टेस्ट रास्ट्र अफगानिस्तानले स्कटल्याण्ड, जिम्बाबे र हंगकंगसँग पराजय व्यहोर्यो भने नेपाल पनि जिम्बाबे र स्कटल्याण्डसँग पराजित भईसकेको छ।

सुपर सिक्स चरण पुग्दै एकदिवसीय मान्यता प्राप्त गर्ने लक्ष्य सहित जिम्बाबे पुगेको नेपालले आफ्नो पुरानो प्रतिद्वन्दीलाई पराजित गर्दै आशा जीवित राख्ने दाउमा हुनेछ भने अफगानिस्तान चौथो खेलमा पहिलो जित दर्ता गर्दै साख मात्रै हैन सुपर सिक्स पुग्ने सम्भावना जीवित राख्न चाहन्छ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]