पारस खड्का बिश्वकप छनौट ग्रुपस्टेजका उत्कृस्ट खेलाडीको आईसीसीको सुचीमा

  • विकेटनेपाल – २९ फाल्गुन, मंगलवार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जिम्बाबेमा जारि एक दिवसीय विश्वकप छनौट प्रतियोगिताको समूह चरणका उत्कृस्ट-११ खेलाडीको नाम सार्वजनिक गरेको छ । मार्च ४ बाट सुरु भएको प्रतियोगिताको पहिलो चरणमा उत्कृस्ट प्रदर्शन गर्ने खेलाडीको उक्त सुचिमा नेपाली खेलाडी कप्तान पारस खड्का समेत परेका छन्।

Paras Khadka
Paras Khadka

आइसीसीले सार्वजनिक गरेको सो सुचिमा पारस पाँचौं नम्बरमा रहेका छन्। नेपाली कप्तान पारस खड्काको प्रशंसा गर्दै आईसीसीले लेखेको छ, “उनी सबैभन्दा मन पराइएका नेपाली क्रिकेटर हुन् र उनले यति बर्षसम्म आफ्नो प्रतिष्ठा कायम राखेका छन् । यदि तपाई आफ्नो ब्याटिंगमा स्थिरता खोज्दै हुनुहुन्छ जुन पाउन सक्नुभएको छैन भने पारसको इनिंगलाई लिनुहोस्

पारस खड्काको प्रदर्शन बिश्वकप छनौट प्रतियोगितामा उत्कृस्ट रहेको छ। चल्न नसकेको नेपाली ब्याटिंगमा पारस मजबुत खम्बा भएर उभिएका छन् । पारसले जिम्बाबे बिरुद्द ४०, स्कटल्याण्ड बिरुद्द ६३, अफगानिस्तान बिरुद्द ७५ र हंगकंग बिरुद्द ११ रन गरि जम्मा ४ खेलमा १८९ रन जोडीसकेका छन्।

आईसीसीले सार्वजनिक गरेको उक्त सुचिमा पारस सहित ब्रेण्डन टेलर, सिकन्दर रजा, मोहम्मद नाबी जस्ता खेलाडीहरु सम्मिलित छन् ।

आईसीसीले सार्वजनिक गरेको खेलाडी सुची :

  • विलियम पोटरफिल्ड (आएरल्याण्ड)
  • टोनी उरा (पपुवा न्यू गिनी )
  • कलम म्याकलियड (स्कटल्याण्ड)
  • ब्रेण्डन टेलर (जिम्बाबे)
  • पारस खड्का (नेपाल)
  • अन्शुमन राथ (हंगकंग)
  • सिकन्दर रजा (जिम्बाबे)
  • रोहन मुस्तफा (युएई)
  • मोहम्मद नाबि (अफगानिस्तान)
  • जेसन होल्डर (विंडीज)
  • एहसान खान (हंगकंग)

पछिल्लो केहि समय उत्कृस्ट लयमा रहेका पारसले यसअघि गत महिना नामिबियामा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईको फाइनल खेलमा युएई बिरुद्द शतकीय पारि समेत खेलेका थिए। अविजित ११२ रनको इनिंग खेलेका पारसले सो प्रतियोगितामा कुल २४१ रन जोड्दै प्रतियोगिताकै सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका थिए।

Paras Khadka
Paras Khadka / Photo – ICC

डिभिजन-२ को फर्मलाई संगै लिएर विश्वकप छनौट खेल्न जिम्बाबे पुगेका पारसले जारि प्रतियोगितामा स्कटल्याण्ड बिरुद्दको खेलको दौरान एक नयाँ उचाई समेत हाँसिल गरे। उनी नेपाली क्रिकेटको ईतिहासमा “लिस्ट ए” क्रिकेटमा एक हजार रन पुरा गर्ने पहिलो क्रिकेटर बन्न पुगे।सन् २०१४ मा युएईसँग खेल्दै लिस्ट ‘ए’ क्रिकेटको सुरुवात गरेका पारसको नाममा “लिस्ट ए”  क्रिकेटमा २ शतक र ८ अर्धशतक रहेको छ ।

विश्वकप छनौट प्रतियोगितामा अन्य नेपाली ब्याट्सम्यानहरु आशा अनुरुप चल्न नसकेपनि पारसको प्रदर्शन भने तारिफयोग्य रहेको छ।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]