पारसको धुँवादार ब्याटिंग, १९ बलमै अर्धशतक

अमेरिकामा हिजोबाट सुरु भएको ‘युएस ओपन’ क्रिकेट प्रतियोगिताको पहिलो खेलमा पारस खड्काले विस्फोटक ब्याटिंग गर्दै १९ बलमै अर्धशतक प्रहार गरेका छन् l

१ लाख डलर पुरस्कार राशीको प्रतियोगितामा सीएटल गलाडीएटर्स बिरुद्ध २२ यार्ड क्रिकेट क्लबको लागि खेलेका पारसले चौथो नम्बरमा ब्याटिंग गर्दै ६४ रनको धुँवादार पारि खेले l

पारसले २४६.१५ को स्ट्राइक रेटमा रन बनाउन २६ बलको इनिंगमा  ७ छक्का र ३ चौका प्रहार गरेका थिए l

dsc_0017
पारस खड्का ( फाइल फोटो )

आफ्नो टिमको लागि सर्बाधिक रन बनाएका पारसको इनिंग मदतले २२ यार्डले पहिले ब्याटिंग गर्दै निर्धारित २० ओभरमा २९७/६ को बिशाल स्कोर खडा गर्यो l टिमको लागि साई रमेशले ४६ तथा शन फिंडलेले ४५ रनको योगदान दिए l दोश्रो इनिंगमा सीएटल गलाडीएटर्सले २० ओभरमा ९०/९ मात्रै बनाउन सकेपछि पारसको टिम ले २०७ रनको भारी अन्तरको जित दर्ता गर्यो l पारसले बलिंग भने गरेनन् l

यो पनि पढ्नुस : अज्मलको एकै ओभरमा पारसको ४ छक्का ! ( भिडियो सहित )

क्रिकेट काउन्सिल अमेरिकाले आयोजना गरेको अमेरिकाका बिभिन्न क्लबहरुले सहभागिता जनाउने प्रतियोगिताका बिभिन्न टिममा अन्तर्राष्ट्रिय क्रिकेटर छन् l दक्षिण अफ्रिकी क्रिकेटर हर्शल गिब्स र रस्टि थेरोन, वेस्ट इन्डिज खेलाडी सामुयल बद्रि र शन फिंडले, पाकिस्तानी सईद अज्मल जस्ता खेलाडीहरु प्रतियोगिता खेलीरहेका छन् l

कुल १४ टिमले सहभागिता जनाएको प्रतियोगिताको समुह २ मा रहेको २२ यार्डको ग्रुपमा सीएटल गलाडीएटर्स र क्यालीफोर्निया बियर्स छन् l पारसको टिम २२ यार्डमा दक्षिण अफ्रिकी रास्ट्रिय क्रिकेटर रस्टि थेरोन र वेस्ट इन्डिज खेलाडी शन फिंडले पनि खेलीरहेका छन् l

नोभेम्बर २७ सम्म चल्ने प्रतियोगितामा  पारसको टिम २२ यार्डले समूह चरण अन्तर्गत दोश्रो खेल क्यालीफोर्निया बियार्स संग २६ तारिकमा खेल्नेछ l

पारस टु-एक्स क्रिकेट युएसमा कप खेल्न गत महिना अमेरिका पुगेका थिए l गत हफ्ता पारस खड्काको कप्तानीमा नेपाली राइनोजले उक्त प्रतियोगिता जितेको थियो जसमा पारसले उत्कृस्ट ब्याटिंग गरेका थिए l

स्कोरकार्ड

paras

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy