एसियन प्रिमियर लिग टि-२० बारे पारस खड्काको कडा प्रतिक्रिया

  • विकेटनेपाल, २९ जेठ

एसियन प्रिमियर लिग टि-२० प्रतियोगिताबारे नेपाली रास्ट्रिय क्रिकेट टिमका कप्तान तथा क्रिकेट खेलाडी संघ नेपालका महासचिव पारस खड्काले कडा प्रतिक्रिया दिएका छन्।

क्रिकेट खेलाडी संघ मार्फत आज बेलुका जारि प्रेस विज्ञप्तिमा खड्काले एसियन प्रिमियर लिगले नेपाली क्रिकेटको भलो नगर्ने बताउदै प्रतियोगिताले नेपाली खेलाडीहरुलाई उत्साहित नपारेको बताएका छन्। कप्तान पारस खड्का हाल अमेरिकामा रहेका छन्।

“काठमाडौँमा ठुलो स्तरको क्रिकेट प्रतियोगिता हुँदैछ जसको हामि सम्मान गर्छौ तर हामि यो तथ्य देखि निराश छौ कि यो प्रतियोगितामा नेपाली खेलाडी र पदाधिकारीहरुको संलग्नता रहने छैन। किनकि प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) तथा एसियन क्रिकेट काउन्सिल ( एसीसी ) को मान्यता छैन”

“एउटा ब्यबसायीक लिगको रुपमा विश्वभर आईसीसीको भ्रस्टाचार बिरोधि कानुन ( Anti Corruption Law ) पछ्याउनु पर्ने हुन्छ ” बिज्ञप्तिमा उल्लेख छ।

बिज्ञप्तिमा अहिले यु-१९ बिश्वकप छनौट खेलको तयारीमा रहेको नेपाली टिमको तयारी प्रतियोगिताको कारण १५ दिन प्रभावित हुने र यसले महत्वपूर्ण प्रतियोगिताको तयारी बिथोलिले लेखिएको छ।

“हामि बुझ्छौ कि रास्ट्रिय खेलकुद परिषदको प्रतियोगितामा संलग्नता छ तर हाम्रो विचारमा परिषदले घरेलु खेलाडीको हित र समग्रमा क्रिकेटको विकास आयोजकको अगाडी पेस गर्न सकेन”

रास्ट्रिय खेलकुद परिषदले अनुमति दिएको तथ्यलाई स्वीकार्दै बिज्ञप्तिमा प्रतियोगिताले नेपाली खेलाडीलाई उत्साहित पार्न नसकेको तथा क्रिकेट विकासलाई पनि अघि नबढाउने बताईएको छ।

बिज्ञप्तिको अन्त्यमा प्रतियोगिताको आयोजकको बारेमा धेरै थाहा हुन नसकेको तथा क्रिकेटका सरोकारवालाहरुलाई प्रतियोगिताको आर्थिक पारदर्शिताबारे जानकारी गराउनु पर्ने बताईएको छ।

जुन १९ देखि जुलाई ४ तारिकसम्म आयोजना हुने प्रतियोगिताको आइतबार घोषणा गरिएको थियो। प्रतियोगिताको अक्सन आज काठमाडौँको अन्नपूर्ण होटलमा संचालन गरिएको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy