“पिच राम्रो देखिन्छ नराम्रो खेल्छ, नराम्रो देखिन्छ राम्रो खेल्छ” – पारस खड्का

  • विकेटनेपाल, मङ्सिर- २२ , शनिवार 

एभरेस्ट प्रिमियर लिग इपिएल टि-२० को बिराटनगर वारियर्स र ललितपुर प्याट्रिएट्स बीचको पहिलो खेल रोमान्चक भए पनि दुवै टिमको ब्याट्सम्यानहरु संघर्ष गर्दा कप्तानहरुले पिचलाई दोश दिएका छन्।

शनिवार दिउसो १ बजे सुरु भएको खेलमा टस जितेर ब्याटिंग गरेको ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुर प्याट्रीएट्सले ९ विकेट गुमाएर १०४ रन मात्रै बनाउन सक्यो। १०५ रनको लक्ष्य पछ्याउने क्रममा पारस खड्का कप्तानीको बिराटनगर वारियर्सले खेल जित्न १९.५ ओभर लगायो जुन क्रममा ७ विकेट गुमाउन पुग्यो।

खेलपछि पत्रकार सम्मेलनमा बोल्दै वारियर्स कप्तान पारसले १०४ रन पछ्याउन निकै गार्हो भएको र विकेट स्पिनरलाई निकै मद्दत गर्ने खालको बताए –

“१०४ पछ्याउन यो विकेटमा सजिलो थिएन। यो सजिलो विकेट थिएन, जति रन बन्यो विकेट फास्ट बलरमा बन्यो, स्पिनरहरुलाई त ठाउँमा बल राखे मात्रै पुग्थ्यो” खड्काले १ बजे खेल सुरु हुँदा पनि विकेट बल निकै घुमेको बताए।

दोश्रो इनिंगमा लक्ष्य पछ्याउने क्रममा एक समय ७३ रनमै ७ विकेट गुमाएको वारियर्सलाई अन्तिममा करन केसीले आक्रामक ब्याटिंग गर्ने क्रममा १९ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै जितसम्म पुर्याएका थिए। वारियर्सको ब्याटिंगमा करन बाहेक अनिल साहले ११ र आसिफ शेखले १९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्। कप्तान पारस ८ ( २२ ) , स्मित पटेल १ रन, भान डर मर्वे ० , सुमित महर्जन ८ ( १५ ) र हरि चौहान ४ ( ५ ) बनाएर आउट भएका थिए।

टिमको ब्याटिंग नचल्नुको पछाडी कप्तान खड्काले विकेटलाई दोश दिंदै टियुको पिच झुक्याउने खालको रहेको समेत बताए- “१५ बर्ष भैसक्यो टियुमा खेलेको, म भन्न सक्दिनकि पिच कस्तो खेल्छ। पिच राम्रो देखिन्छ नराम्रो खेल्छ, नराम्रो देखिन्छ राम्रो खेल्छ”

पारसले खेलको सुरुवात देखिनै विकेट मुस्किल रहेको र भान डर मर्वेले गरेको पहिलो बललेनै ठुलो टर्न प्राप्त गरेको बताए-“ब्याट्सम्यानको लागि एकदम गार्हो छ, धेरै रन मिडियम पसारबाट बन्यो। खेलमा स्पिनरले महत्वपूर्ण भूमिका खेल्नेछ”

खेल पछि ललितपुर प्याट्रीएट्स कप्तान ज्ञानेन्द्रले पनि पारसकै जस्तो प्रतिक्रिया दिए- “ब्याट्सम्यानलाई खुलेर सट खेल्न एकदम गार्हो हुन्छ। दिउँसोको विकेटमा पनि विकेट यति गार्हो छ, पहिलो खेलमा के होला ?”

ज्ञानेन्द्रको टिमका प्रशिक्षक तथा पुर्व राष्ट्रिय क्रिकेटर राजु बस्नेतले पनि दुवै कप्तानकै कुरा दोहोर्याउदै ११० यो पिचमा राम्रो योगफल बताए-

“ब्याटिंग गर्न सार्है गार्हो छ यो पिचमा, दुवै टिमलाई गार्हो भइरहेको छ। स्पिनरलाई खेल्न एकदम गार्हो छ। १०५ पनि जित्न सकिने योगफल थियो, करनको इनिंगले गर्दा बिराटनगर जित्यो। ११० सम्म पछ्याउन पनि गार्हो विकेट हो यो”

खेलमा झरेको कुल १६ विकेट मध्ये अधिकांश विकेट स्पिनरहरुले लिएका थिए भने अधिकांश स्पिनर निकै किफायती समेत सावित हुन पुगे। पहिलो इनिंगमा ललितपुरको ९ विकेट खस्दा बिराटनगर स्पिनर भान डर मर्वेले २, बसन्त रेग्मी, स्मित पटेलले १/१ विकेट लिएका थिए जुन क्रममा मर्वेले ४ ओभरमा मात्र १४ रन, बसन्तले ४ ओभरमा १२ रन मात्र खर्चिएका थिए।

दोश्रो इनिंगमा बिराटनगरको ७ विकेट खस्दा गौरब तोमरले ३ विकेट तथा सन्दिप लामिछानेले २ तथा ललित राजबंशीले १ विकेट लिए। ललितले ४ ओभरमा १६ रन, सन्दिपले ४ ओभरमा १२ रन तथा गौरबले ४ ओभरमा मात्र १० रन खर्चिएका थिए।

एभरेस्ट प्रिमियर लिगको सुरुवातमै ब्याट्सम्यानको संघर्षले प्रतियोगिता खल्लो बन्ने हो कि या आगामी दिनमा पिचले फरक व्यवहार देखाउने छ कौतुहलताको बिषय बनेको छ। बिश्व क्रिकेटमा टि-२० खेलमा २०० सम्मको योगफल सामान्य मानिंदै गर्दा टियु मैदानको पिचमा १०० रन बन्न पनि मुस्किल अवस्थाले २० बर्ष अघि बनेको टियु मैदानको पिचको संरचना पुनर्निर्माण गरिनुपर्ने टड्कारो आवस्यकता पुनः उजागर गरेको छ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]