अमेरिकामा पारस खड्का सहित ८ नेपाली क्रिकेटर

बिश्व क्रिकेटका चर्चित अनुहार सम्मेलित हुने क्रिकेट प्रतियोगिता ‘टु-एक्स क्रिकेट युएसए कप २०१६’ खेल्न ८ जना नेपाली रास्ट्रिय क्रिकेटरहरु अमेरिका पुग्दै छन् l

८ टिम सम्मिलित प्रतियोगितामा नेपाल राइनोज क्रिकेट क्लबबाट नेपाली रास्ट्रिय क्रिकेट टिम कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, सुबास खकुरेल, सोमपाल कामि, सिद्धान्त लोहनी र पृथु बास्कोटा खेल्ने छन् l अमेरिकामै बसोबास गर्ने पुर्ब यु-१९ रास्ट्रिय क्रिकेटर बरदान चालिसे, बन्टु बटाजु, सागर पन्त जस्ता क्रिकेटरहरु समेत नेपाली टिममा सामेल हुनेछन् l

नोभेम्बर ९-१३ सम्म टेक्ससको मुसा क्रिकेट स्टेडीयम हस्टनमा संचालन हुने प्रतियोगिताका बिभिन्न टिममा पाकिस्तानी स्टार खेलाडीहरु अब्दुल रज्जाक, सईद अजमल, कामरान अकमल, असद अलि, फवाद खान, राना नाबेद उल हसन, वेस्ट इन्डिज क्रिकेटर रिकार्डो पावेल युएई क्रिकेट टिम कप्तान खुर्रम खान सहित युएई टिम सहभागी हुने बताईएको छ l वेस्ट इन्डिज, इंग्ल्यान्ड, भारतका समेत स्तरीय क्रिकेटरहरु प्रतियोगिताको बिभिन्न क्लब बाट खेल्ने छन् l

प्रतियोगितामा सहभागी हुन पारस खड्का करिब १ महिना अघि अमेरिका पुगी सकेका छन् भने सिद्धान्त लोहनी, बसन्त रेग्मी, सुबास खकुरेल पनि यसै साताअमेरिका पुगीसकेका छन् l सोमपाल कामि, शरद भेसावकर र ज्ञानेन्द्र मल्ल ३१ तारिकमा नेपालबाट अमेरिका प्रस्थान गर्नेछन् l अमेरिकामा नेपाली क्रिकेट टिमको सम्पूर्ण जिम्मेवारी नेपाली राइनोज क्रिकेट क्लबले सम्हालीरहेको छ l

के हो टु-एक्स क्रिकेट  ? 

अमेरिकामा क्रिकेट खेलको प्रबर्धन गर्न बिभिन्न प्रयास भइरहेको माहोलमा टि-२० क्रिकेटलाई टेस्ट क्रिकेट जस्तो इनिंगमा बिभाजन गरेर खेलाईने क्रिकेट टु-एक्स क्रिकेट हो l २०-२० ओभर भएपनि यसमा भने १०/१० ओभरको ४ वटा इनिंग हुन्छ l पहिले ब्याटिंग गर्ने टिमले १० ओभर खेल्छ भने त्यसपछि अर्को टिमले १० ओभर ब्याटिंग गर्छ l त्यसपछि पुनः पहिले ब्याटिंग गर्ने टिमले अर्को १० ओभर ब्याटिंग गर्दै २० ओभर पुरा गर्छ र लक्ष निर्धारण गर्छ त्यसपछि दोश्रो ब्याटिंग गर्ने टिमले लक्ष पछ्याउछ l

टेस्ट क्रिकेट जस्तै यो फर्म्याटमा लिड गर्ने , फलो-अन, ४ वटा इनिंग हुने भएकोले क्रिकेटको परम्परागत स्वरूपलाई पनि समेट्ने र आधुनिक फटाफट टि-२० क्रिकेट पनि हुनाले यो फर्म्याट मनोरञ्जनात्मक हुने विश्वास 14711495_10154755652983304_7761251597139253418_oलिईएको छ l सचिन तेन्दुलकरले समेत केहि समय अघि यो फर्म्याटमा आधुनिक क्रिकेट ढाल्नु पर्ने सुझाब दिएका थिए l पाकिस्तान क्रिकेट टिमका पुर्ब कप्तान समेत रहेका प्रतियोगिताको प्राबिधिक कमिटिका अध्यक्ष अमिर सोहेलले यो फर्म्याटको अबधारणा ल्याएका हुन् l

५ दिन चल्ने प्रतियोगितामा पाकिस्तान, भारत, इंगल्याण्ड, अमेरिका, वेस्ट इन्डिज तथा नेपाली स्टार खेलाडीहरु सहभागी हुँदै छन् l अमेरिकी क्रिकेट संघ र आईसीसीको निगरानीमा प्रतियोगिता आयोजना हुने बताईएको छ l प्रतियोगिता आईसीसी मान्यता प्राप्त अम्पायर प्यानलले संचालन गर्ने छन् l

प्रतियोगिताको बिजेताले ६२ हजार डलर र उपविजेता टिमले १९,००० डलर सहित आकर्षक पुरस्कार पाउने छ l  कुल १५ वटा खेल हुने प्रतियोगिताको सम्पूर्ण खेलहरु बिभिन्न स्थानीय प्रत्यक्ष प्रशारण गरिने आयोजकले बताएको छ l

सहभागी टिमहरु 

समुह ‘ए’ : एमएसएम. इंग्ल्यान्ड, नेपाली राइनोज क्रिकेट क्लब, समरसेट कभालियर्स , युएई फाल्कोन्स
समुह ‘बि’ : पाकिस्तान फर्स्ट , स्मार्ट चोईस स्पोर्ट्स क्लब, अन्डरडग, हस्टन स्पार्कस

नेपाली राइनोज क्रिकेट क्लबको छायाँ

अमेरिकामा नेपाली क्रिकेटरहरुले पाएको यो अवसर सहज थिएन l करिब २ महिना अघि मात्रै स्थापना भएको नेपाली क्रिकेटको विकास चाहने अमेरिका बसोबास गर्ने युवा क्रिकेटर तथा क्रिकेट प्रेमीहरुले स्थापना गरेको संस्था नेपाली राइनोज क्रिकेट क्लबको अभिभावकत्वले मात्रै यो अवसर सम्भब भएको हो l

सागर पन्त, राकेश कर्ण, आशिक लामा र उत्सब सिग्देल सदस्य रहेको नेपाली राइनोज क्रिकेट क्लबले स्थापना लगत्तै प्रतियोगितामा सहभागी गराउन बिशेष पहल थालेको थियो l प्रतियोगितामा नेपाली टिम दर्ता गर्न टिम बिडिंगमा मात्रै ८ हजार डलर खर्च गरेको क्लबले प्रतियोगितामा नेपाली खेलाडीहरुलाई सहभागी गराउन फन्ड कलेक्सन अभियाननै चलायो l

nepali rhinos
राकेश कर्ण, सागर पन्त, उत्सब सिग्देल र आशिक लामा

प्रतियोगिता दौरान र अघि/पछि खेलाडीहरुको आवतजावत, होटल, प्रतियोगिता खर्च आदि जुटाउने चुनौती पार गर्न क्लबले निकै संघर्ष गर्नुपर्यो l

गो फन्ड मार्फत नेपाली क्रिकेटर्सलाई सहयोग अभियान चलाएर हाल सम्म १५ हजार डलर उठाईसकिएको छ l नेपाली क्रिकेट टिमको जर्सी बिक्रि, खेलाडीहरु संग च्यारिटी डिनर, प्रतियोगिता अघि पन्जाब लायन्स र वासिंगटन क्रिकेट लिग अल-स्टार्स संग प्रदर्शनी खेल मार्फत पनि फन्ड जुटाइने छ l

अमेरिका बसोबास गर्ने पुर्ब यु-१९/१७ रास्ट्रिय क्रिकेटर सागर पन्त, रास्ट्रिय स्तरका खेलाडी राकेश कर्ण, हाल वासिंगटन क्रिकेट लिग खेल्दै गरेका आसिक लामा, हाल इलेक्ट्रिकल इन्जिनियरिंग पढीरहेका नेपाली क्रिकेट टिमका ठुला समर्थक उत्सब सिग्देल कार्यसमिति सदस्य रहेको नेपाली राइनोज क्रिकेट क्लबले प्रतियोगिताको सम्पूर्ण जिम्मेवारी सम्हालीरहेको छ l पुर्ब यु-१९ रास्ट्रिय क्रिकेटर बरदान चालिसे लगायत अन्य स्थानीय संस्था र ब्यक्तिहरुले पनि अभियानलाई सहयोग गरिरहेका छन् l

क्लबले नोभेम्बर ४ मा डल्लासमा रास्ट्रिय क्रिकेटरहरु संग च्यारिटी डिनर ,नोभेम्बर ६ मा वासिंगटन क्रिकेट लिग “अल-स्टार” टिम संग च्यारिटी खेल खेल्ने छ l अक्टोबर १६, अक्टोबर २७ र ३० मा कप्तान पारस खड्का सम्मिलित च्यारिटी डिनर आयोजना गरिसकेको छ l

खेलाडीहरुले खेल छोड्न नपरोस् 

नेपाली क्रिकेट टिमलाई अमेरिकामा स्तरीय क्रिकेट खेलाई एक्सपोजर प्रदान गर्ने उद्देश्य नेपाली राइनोज क्रिकेट क्लबले लिएको छ l एक्सपोजरले खेलाडीहरुको स्तर वृद्धि हुने र बिश्वस्तरमा नेपाललाई चिनाउने मौकाको रुपमा पनि यो प्रतियोगितालाई क्लबले हेरेको छ l

Nepali Rhinos Cricket Club
Nepali Rhinos Cricket Club

नेपाली खेलाडीहरुले बिभिन्न कारणले गर्दा खेल छोड्नु पर्ने स्थिति l खेलेर राम्रो कमाई गर्न नसक्नु मात्रै नभई राम्रो उपचार समेत नपाउदा बिनोद दास, अमृत भट्टराई, जितेन्द्र मुखिया, पृथु बास्कोटा जस्ता क्रिकेटरको करियरमै ठुलो प्रभाब पर्नु दुखद उदहारण रहेको जसको लागि क्लबले बिशेष सहयोग गर्ने लक्ष लिएकोछ l

नेपाली रास्ट्रिय खेलाडीहरुको संस्था क्रिकेट खेलाडी संघ नेपाल र नेपाल राइनोज क्रिकेट क्लब मिलेर खेलाडीको उपचारको लागि यसै प्रतियोगिता दौरान घाईते उपचार कोष खडा गर्नेछ l प्रत्येक बर्ष रास्ट्रिय क्रिकेटरहरुलाई अमेरिका ल्याई प्रतियोगितामा सहभागी गराउने अन्य खेलाडीहरुको स्तर वृद्धिको लागि पनि बिशेष कार्यक्रम ल्याउने उद्देश्य क्लबले लिएको छ l

प्रतियोगितामा नेपाली राइनोजको खेल तालिका

९ नोभेम्बर : एमएसएम. इंग्ल्यान्ड vs नेपाली राइनोज
१० नोभेम्बर : नेपाली राइनोज vs युएई फाल्कोन्स
११ नोभेम्बर : नेपाली रानोज vs समरसेट कभालियर्स

१२ नोभेम्बर सेमीफाईनल १ : ( ग्रुप ‘ए’ बिजेता vs ग्रुप ‘बि’ उपविजेता )
१२ नोभेम्बर सेमीफाईनल २ : ( ग्रुप ‘बि’ बिजेता vs ग्रुप ‘ए’ उपविजेता )

१३ नोभेम्बर : फाइनल





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]