पारस आईसीसीको ‘दशककै उत्कृस्ट एसोसिएट खेलाडी’ अवार्डको मनोनयनमा , यसरी गर्न सकिन्छ भोट

आईसीसीले प्रदान गर्ने ‘दशककै उत्कृस्ट एसोसीएट राष्ट्रको खेलाडी’को अवार्डको मनोनयनमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का पनि परेका छन्।

आईसीसीले मंगलबार २०१० देखि २०२० सम्म उत्कृस्ट प्रदर्शन गर्ने क्रिकेटरहरुलाई ‘अवार्ड अफ द देकेड’ प्रदान गर्न लागेको हो। त्यस अन्तर्गत ‘एसोसीएट’ विधाको उत्कृस्ट खेलाडीको मनोनयनमा पारस पनि परेका हुन्।

पारससंगै मानोनयनमा स्कटल्याण्डका क्याल कोट्जर, कलुम म्याकलोएड र रिची बेरिंगटन , पपुवा न्यु गिनीका असद भाला तथा नेदरल्याण्डका पिटर बोरेन परेका छन्।

मनोनयनमा रहेका ६ जना खेलाडी मध्ये उत्कृस्ट खेलाडीको चयन अनलाइन भोटिंगबाट हुनेछ। यो लिंकमा गएर आफ्नो प्रिय खेलाडीलाई भोट गर्न सकिन्छ।

सन् २००९ देखि २०१९ सम्म १० बर्ष नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी सम्हालेका पारसले सन् २००४ को आईसीसी इन्टर कन्टिनेन्टल कप तिन दिवसीय खेलमा मलेसिया बिरुद्ध कीर्तिपुरमा डेब्यु गरेका थिए।

पारसले नेपाली टिमको डिभिजन-५ मा रहंदा देखि कप्तानी गर्दै एकदिवसीय राष्ट्रको मान्यता सम्म कप्तानी गरे भने २०१४ को टि-२० विश्वकपमा नेतृत्व गर्नु सबैभन्दा ठूलो योगदान रहेको थियो।

यस क्रममा पारस नेपालको लागि टि-२० र एकदिवसीय अन्तर्राष्ट्रिय दुवै फर्म्याटमा शतक बनाउने पहिलो ब्याट्सम्यान हुन्।

पारसले नेपालको लागि कुल १० वटा एकदिवसीय र ३३ वटा टि-२० अन्तर्राष्ट्रिय खेलेका छन्। दुवै फर्म्याटमा उनि नेपालको लागि सर्वाधिक रनकर्ता हुन्। एकदिवसीयमा १ शतक र १ अर्धशतक मद्दतले ३५ को औशतमा उनले ३१५ रन बनाएका छन् भने टि-२० मा १ शतक र ४ अर्धशतक प्रहार गर्दै २७.५५ को औशतमा ७९९ रन बनाएका छन्। यस्तै बलिंगमा पनि पारसले एकदिवसीयमा ९ तथा टि-२० मा ८ विकेट लिएका छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy