पारस खड्काको अर्धशतक पुरा

Paras Khadka

कप्तान पारस खड्काले अर्धशतक पुरा गरेपछि अत्यन्त खराब सुरुवात गरेको नेपाल केहि सम्हालिएको छ।

स्कटल्याण्डसंग जारि खेलमा नेपालले टस जितेर ब्याटिंग गर्दै ताजा अवस्थामा २६ ओभरको खेल सकिद ८६ रन बनाएर ६ विकेट गुमाएको छ। ६६ बलमा अर्धशतक पुरा गरेका पारस ५० रन तथा रोहित पौडेल ४ रन बनाएर ब्याटिंग गरिरहेका छन्। पारसले हालसम्म ८ चौका प्रहार गरिसकेका छन्।

लिस्ट ‘ए’ क्रिकेटमा पारस खड्काको यो सातौं अर्धशतक हो। पारसले लिस्ट ‘एमा २ वटा शतक प्रहार गरेका छन्। जारि खेलमा पारसले लिस्ट ‘ए’ क्रिकेटमा १ हजार रन पुरा गर्दै कीर्तिमान कायम गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

ओपनर ज्ञानेन्द्र मल्ल ( १ ) र दिलिप नाथ ( ४ ) चाडैनै आउट भएपछि ब्याटिंग गर्न आएका दिपेन्द्र ऐरी ( १ ) , शरद भेसावकर ( ० ) तथा आरिफ शेख ( २ ) आउट भएपछि नेपालले ५ जना ब्याट्सम्यानलाई ३९ रनको कुल योगफलमै गुमाएको थियो।

पाचौ विकेट गुमेपछि पारसले सोमपाल कामिसंग छैठौं विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए। सोमपाल २५ औ ओभरमा टिमको योगफल ८१ रन हुँदा व्यक्तिगत १८ रनमा रन आउट भए।

नेपाललाई नाजुक स्थितिमा पुर्याउन स्कटल्याण्ड ओपनिंग बलर स्टुवार्ट व्हिटिंगघमले ३ विकेट लिने क्रममा दिलिप नाथ, दिपेन्द्र ऐरी र शरद भेसावकरलाई पेभेलियन पठाए । यस्तै सफ्यान शरिफ र रिचीबेरिंगटनले समान १/१ विकेट हात पारेका छन्।

प्रतियोगिताको पहिलो २ खेलमा स्कटल्याण्डले अफगानिस्तान र हंगकंगलाई पराजित गरिसकेको छ भने नेपालले पहिलो खेलमा जिम्बाबेसंग हार बेहोरेको थियो।

स्कोरकार्ड 

खेलको फोटोहरु-





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]