“यो सुरुवात मात्र हो” – पारस

Paras Khadka
  • विकेटनेपाल, माघ-१५ , आइतबार 

युएईसंगको सिरिज जित र तेश्रो खेलमा आफ्नो शानदार शतक पछि कप्तान पारस खड्काले यसलाई सुरुवात मात्र भएको बताएका छन्।

नेपालले युएईलाई उसैको घरमा २-१ ले सिरिज जित निकाल्दै पहिलो सिरिज जित त्यो पनि बिदेशी धर्तिमा ऐतिहासिक उपलब्धि हाँसिल गरेको हो। तेश्रो खेलमा युएईले दिएको २५५ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर पुरा गरेको थियो।

जित पछि आईसीसीसंग कुराकानी गर्ने क्रममा पारसले बताए –

“पक्कै पनि राम्रो महसुस भइरहेको छ, यो हाम्रो पहिलो सिरिज जित हो, सबैले यसमा योगदान गरेका छन् र समग्रमा गजबको खेल भयो”

नेपालले यस अघि गत वर्ष नेदरल्याण्डसंग २ वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज खेलेको थियो जुन १-१ को बराबरीमा सकिएको थियो।

दुबईको आईसीसी एकेडेमी मैदानमा उपस्थित दर्शकहरुको प्रसंशा गर्दै पारसले घरमै खेलेको जस्तो महसुस गरे –

“भरिएको दर्शकको माझ खेल्दा घरमा खेलेको जस्तो महसुस भयो, दर्शकहरु हाम्रो लागि प्रेरणा पनि हो , हामी जहिले जहाँ खेले पनि वहाँहरु खेल हेर्न आउनुहुन्छ”

खड्काले नेपालको सिरिज जितलाई सुरुवातको रुपमा मात्र लिन समेत आग्रह गरे –

“यो सुरुवात मात्र हो, यसले भविश्यको लागि धेरै सकारात्मक कुराहरु दिएको छ। हामीले अझै मेहनत गर्नुपर्छ र आशा गर्छु यस्तो नतिजा भबिष्यमा पनि ल्याउने छौँ”

नेपालले सिरिजको पहिलो खेलमा ३ विकेटको पराजय बेहोरेपछि दोश्रो खेलमा सानदार कमब्याक गर्दै १४५ रनको जित हाँसिल गर्दै सिरिज बराबरी गरेको थियो। तेश्रो खेलमा पनि २५५ रनको कठिन लक्ष्य नेपालले पछ्याउदै प्रसंशायोग्य जित हाँसिल गरेको थियो।

३ वटा खेलपछि नेपाल आईसीसीको एकदिवसीय राष्ट्रहरुको वरियतामा समेत सामेल भएको छ। नेपाल यतिबेला वरियताको १५ औं स्थानमा रहेको छ।

एकदिवसीय सिरिज पछि नेपालले युएईसंग टि-२० अन्तर्राष्ट्रियको सिरिज खेल्ने छ। ३ वटा खेलको सिरिज अन्तर्गत जनवरी ३१ मा पहिलो, फेब्रुअरी १ मा दोश्रो र फेब्रुअरी ३ मा तेश्रो खेल खेल्नेछ।

नेपालले गतवर्ष मार्चमा एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएपछि स्वतः टि-२० अन्तर्राष्ट्रिय राष्ट्रको समेत मान्यता पाएको थियो भने यो वर्ष जनवरी देखि आईसीसीले नै सम्पूर्ण सदस्य रास्ट्रहरुले आफु बीच खेल्ने खेलहरुलाई अन्तर्राष्ट्रिय टि२० को मान्यता दिएको छ।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]