टेस्ट राष्ट्र र वानडे बिश्वकप खेल्ने लक्ष्य : पारस खड्का

Paras Khadka

ऐतिहासिक एकदिवसीय राष्ट्रको मान्यता दिलाएपछि पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीसंग कुराकानी गर्दै नेपालको यात्रा र भावी लक्ष्यबारे कुरा गरेका छन्।

आईसीसीले तयार गरेको रिपोर्टको नेपाली अनुवाद

बिहिबार समीकरण सरल थियो : नेपालले पहिलो पटक एकदिवसीय मान्यता प्राप्त गर्न, नेपालले पपुवा न्यु गिनीलाई पराजित गर्नु पर्ने र नेदरल्याण्डले हंगकंगलाई।

“हामीले खेल जित्नै पर्थ्यो” कलात्मक नेपाली कप्तान पारस खड्काले कायापलट गर्ने पछिल्लो केहि दिन सम्झदै भने “हामीले सुरुवात राम्रो गर्यौ, टस जितेर उनीहरुलाई ब्याटिंगको निम्तो दियौ, बलरहरुले गजब काम गरे र हामीले लक्ष्य पुरा गर्यौं। तर अझै हामीले नेदरल्याण्डको रिजल्ट पर्खनुपर्थ्यो, हामी होटल फर्क्यौ र स्कोर बारम्बार ‘रिफ्रेश’ गरिरह्यौ”

“जब हंगकंगको दशौं विकेट झर्यो, हामी क्रिकेट इतिहासमै पहिलो पटक एकदिवसीय राष्ट्र बन्न पुग्यौ। एकदिवसीय राष्ट्र बन्नु हाम्रो सधैंको सपना थियो र २०१८ मा आएर सपना साकार भयो”

तर, खड्का जसले प्रतियोगितामा अफगानिस्तान र स्कटल्याण्डसंग अर्धशतक प्रहार गर्दै राम्रो प्रदर्शन गरे उनिसंग भविष्यको मार्गचित्र स्पस्ट छ-

“एकदिवसीय राष्ट्रको मान्यता पाउनु एउटा कुरा हो तर हामीले यसलाई अर्को ३-४ बर्षमा स्थिर र बलियो बनाउनु पर्छ, यदी हामीले घरमा राम्रो पूर्वाधार विकास गर्न सक्यौ भने मलाई विश्वास छ हामि आगामी बर्षहरुमा समृद्ध बन्नेछौ”

“अवस्य पनि, हाम्रो घरेलु क्रिकेटको संरचना सुधार हुनुपर्छ” उनले थपे,  यो सन्दर्भमा कि नेपाल क्रिकेट संघलाई आईसीसीले निलम्बित गरेको छ। नेपाल सन् २०१६ अप्रिलमा आईसीसीको धारा २.९ उल्लङ्घन गरेबापत निलम्बनमा परेको थियो जसले क्रिकेट संघमा सरकारी हस्तक्षेप मान्दैन भने स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनुपर्छ भन्छ।

यही विवाद समाधानको लागि जनवरीमा आईसीसीको टोलि नेपाल आएको थियो र आगामी जुनमा हुने आईसीसीको बार्षिक सभाले यो बारे पुनर्विचार गर्नेछ।

Nepal Cricket Team
Nepal Cricket Team

“हामीले देशमै धेरै खेलहरु आयोजना गर्नुपर्नेछ र पूर्वाधारहरुको विकास गर्नुपर्नेछ” पारसले स्वीकारे “र सबैभन्दा महत्वपूर्ण कुरा हाम्रो बोर्ड सुचारु हुनुपर्छ” हामी अझै पनि निलम्बनमा छौं र आशा गर्छु आगामी जुनमा निलम्बनको अन्त्य हुनेछ, जसपछि हामीसंग क्रिकेट चलाउने उचित हुनेछ”

“हामीसंग श्रोत र साधनहरु छन्, मात्र कुरा हो श्रोत-साधनहरुलाई ब्यबस्थापन गर्ने”

अहिलेको लागि भने, पारस, जसको टिम नेदरल्याण्डसंग अन्तिम खेलमा पराजित हुँदै आठौं स्थानमा प्रतियोगिताको अन्त्य गर्यो, सन्तुष्ट छन् आफ्नो सफलताबाट अनि यो व्यक्तिगत र सामुहिक सपना थियो भन्ने अनुभूत गर्छन्”

“पछिल्लो केहि बर्ष हामीले महसुस गरेका थियौं कि, के गर्यौं भने यो स्तरमा टिकिरहन सकिन्छ” उनले भने “आशा गर्छौं हामीले आगामी दिनमा आफ्नो खेल विकास गर्छौं र यसको मतलब नेपाली क्रिकेटकै राम्रो हो”

क्रिकेट प्रति पागलपन भएको नेपाली फ्यानहरु नेपाली टिमको पछाडी छ र आईपीएल स्टार सन्दिप लामिछाने जस्तो टिन एज युवा छन् जसले भविष्यमा पर्याप्त सम्भावनाहरु प्रतिबिम्बित गर्छ”

“एक दिन हाम्रो चाहना टेस्ट राष्ट्र हुने छ” उनले उद्घोष गरे “यो यात्रा हो र सम्भवतः यसको लागि अर्को ८-१० बर्ष लाग्नेछ। तर अहिले हामि एकदिवसीय मान्यता प्राप्त राष्ट्र हौ र हाम्रो लक्ष्य ५० ओभर बिश्वकप खेल्नु हो”

 





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]