क्लार्कको नेपाल आउने इच्छा, पारस खड्काको निम्तो

अस्ट्रेलियन क्रिकेट टिमका पुर्ब कप्तान माइकल क्लार्क र सन्दिप लामिछाने आज फेसबुकमा आफ्ना फ्यानहरु संग प्रत्यक्ष भिडियो अन्तर्क्रिया गर्ने क्रममा पारस खड्काले माइकल क्लार्कलाई नेपाल भ्रमणमा छिट्टै निम्तो दिने बताएका छन् l

Michael we want to see in Nepal soon !!Will send you an invitation … अर्थात “माइकल, हामी तपाईलाई नेपालमा छिट्टै देख्न चाहन्छौ, छिट्टै निम्तो पठाउनेछौ” फ्यानहरु संग कुराकानी गर्ने क्रममा पारसले प्रत्यक्ष भिडियोमा कमेन्ट गर्दै क्लार्कलाई नेपालमा देख्ने चाहना ब्यक्त गरेका हुन् l पारस लामो समय देखि अस्ट्रेलियन क्रिकेट टिमको फ्यान समेत रहँदै आएका छन् l

क्लार्क र सन्दिपले पारस खड्काको कमेन्ट नदेखे पनि सन्दिप संग कुराकानीको क्रममा क्लार्कले आफु नेपाल छिट्टै आउने प्रयासमा रहेको समेत बताए –

“सन्दिप र मैले आज कुरा गरेको थिए र नेपाल आउने कार्यक्रम बनाउदै थियौ l नेपाल आएर सन्दिपको परिवारलाई भेट्ने, नेपाली क्रिकेट समुदायलाई भेट्ने इच्छा छ, मलाई लाग्छ हामी दुवै अर्को बर्षको सुरुवातमा फुर्सदमा हुनेछौ, म आशावादी छु”

सन्दिप लामिछाने संग क्लार्कले आफ्नो अफिसियल फेसबुक पेजमा आधा घण्टा कुराकानी गरेका थिए जुन क्रममा दुवैले बिभिन्न प्रश्नहरुको जवाफ दिएका थिए l पढ्नुस के-के भने क्लार्क र सन्दिपले 

यो पनि पढ्नुस : 

अज्मलको एकै ओभरमा पारसको ४ छक्का ! ( भिडियो सहित )

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy