क्लार्कको नेपाल आउने इच्छा, पारस खड्काको निम्तो

paras khadka invites micheal clarke

अस्ट्रेलियन क्रिकेट टिमका पुर्ब कप्तान माइकल क्लार्क र सन्दिप लामिछाने आज फेसबुकमा आफ्ना फ्यानहरु संग प्रत्यक्ष भिडियो अन्तर्क्रिया गर्ने क्रममा पारस खड्काले माइकल क्लार्कलाई नेपाल भ्रमणमा छिट्टै निम्तो दिने बताएका छन् l

Michael we want to see in Nepal soon !!Will send you an invitation … अर्थात “माइकल, हामी तपाईलाई नेपालमा छिट्टै देख्न चाहन्छौ, छिट्टै निम्तो पठाउनेछौ” फ्यानहरु संग कुराकानी गर्ने क्रममा पारसले प्रत्यक्ष भिडियोमा कमेन्ट गर्दै क्लार्कलाई नेपालमा देख्ने चाहना ब्यक्त गरेका हुन् l पारस लामो समय देखि अस्ट्रेलियन क्रिकेट टिमको फ्यान समेत रहँदै आएका छन् l

क्लार्क र सन्दिपले पारस खड्काको कमेन्ट नदेखे पनि सन्दिप संग कुराकानीको क्रममा क्लार्कले आफु नेपाल छिट्टै आउने प्रयासमा रहेको समेत बताए –

“सन्दिप र मैले आज कुरा गरेको थिए र नेपाल आउने कार्यक्रम बनाउदै थियौ l नेपाल आएर सन्दिपको परिवारलाई भेट्ने, नेपाली क्रिकेट समुदायलाई भेट्ने इच्छा छ, मलाई लाग्छ हामी दुवै अर्को बर्षको सुरुवातमा फुर्सदमा हुनेछौ, म आशावादी छु”

सन्दिप लामिछाने संग क्लार्कले आफ्नो अफिसियल फेसबुक पेजमा आधा घण्टा कुराकानी गरेका थिए जुन क्रममा दुवैले बिभिन्न प्रश्नहरुको जवाफ दिएका थिए l पढ्नुस के-के भने क्लार्क र सन्दिपले 

यो पनि पढ्नुस : 

अज्मलको एकै ओभरमा पारसको ४ छक्का ! ( भिडियो सहित )





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]