पारस खड्का अर्धशतक बाट चुके, नेपाल समस्यामा

  • विकेटनेपाल, माघ २९ – सोमबार

आईसिसी विश्व क्रिकेट लिग अन्तर्गत जारि नेपाल र केन्या बिचको खेलमा नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक बनाउनबाट चुकेपछी नेपाल समस्यामा परेको छ । पारसले ४२ रन बनाउन ४४ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए ।

नेपालले यो समाचार तयार पार्दासम्म १९ ओभरमा ४ विकेटको क्षतिमा ७१ रनमात्र बनाएको छ र जितको लागि ३१ ओभरमा १०६ रनको आबश्यकता छ ।

नामिबियामा जारि खेलमा केन्याले पहिले ब्याटिंग गरेपछि ५० ओभरमा ८ विकेट गुमाएर १७७ रनको योगफल तयार पारेको थियो ।

जवाफमा उत्रेको नेपालले मात्र १४ रनको योगफलमा ३ विकेट गुमाएपछी क्रिजमा आएका शरद भेसावाकरले पारस सँग मिलेर ११.२ ओभरमा ५५ रनको अर्धशतक साझेदारी गरेका थिए । तर पारस अठारौँ ओभरको पहिलो बलमा ड्रिंक्स ब्रेकपछी आउट भएपछी नेपाल समस्यामा परेको हो ।

अहिले क्रिजमा शरद भेसावाकर १४ रन बनाएर खेलिरहेका छन् भने आरिफ शेख भर्खर आएका छन् ।

बल बाई बल अपडेट

 





थप समाचार

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]