पूर्वकप्तान खड्कालाई प्रधानमन्त्री देउवाको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय क्रिकेट टोलिका पूर्ब कप्तान पारस खडकालाई आगामी यात्राका लागि शुभकामना दिएका छन्।

दुई दशकसम्म नेपाली क्रिकेटको बिकासमा पूर्ब कप्तान खड्काले गरेको योगदानप्रति धन्यवाद दिंदै प्रधानमन्त्री देउवाले आगामी यात्राका लागि शुभकामना दिएका हुन्।

प्रधानमन्त्री देउवासँग भेटघाटका लागि बालुवाटार पुग्नुभएका पारसले नेपाली क्रिकेटको बिकासका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्री देउवाले नेपाली क्रिकेटको बिकासका लागि हरसम्भब प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गरेको कप्तान खडकाले जानकारी दिए- “रणनीतिक कुनै छलफल भएको छैन्, आफ्नो आगामी यात्राबारे जानकारी गराउँदै क्रिकेट बिकासका लागि सरकारको सहयोग माग्यौं।”

पारसले गत् साता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । सन्यासको घोषणापछि आयोजित पत्रकार भेटघाटमा पारसले क्रिकेट बिकासका लागि आफू नेपाल क्रिकेट संघमा आउने इच्छा ब्यक्त गरेका थिए । प्रधानमन्त्री देउवाले पूर्ब कप्तान खडकालाई शुभकामना दिए।

पारससँगको भेटपछि प्रधानमन्त्री देउवाले आफ्नो ट्वीटरमा भेटघाटको तस्विर साझा गर्दै लेखेका छन्, “दुई दशकमा नेपली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन ठूलो सपना देख्न प्रेरित गरेकोमा धन्यवाद ।”
उहाँले नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो पारीमा पनि सफलता मिलोस भन्नुहुँदै सरकारको साथ र सहयोग सधैं रहीरहने बताएका छन्। ( साभार – गोरखापत्र )





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]