पारसले लेजेन्ड्स लिग क्रिकेट खेल्ने

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले विश्व लेजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् । आयोजक लेजेन्ड्स लिग क्रिकेटले आइतबार पारसले लिग खेल्ने जानकारी दिएको हो ।

विश्वभरका चर्चित पूर्व खेलाडीहरुले प्रतिस्पर्धा गर्ने यस प्रतियोगिताको दोस्रो संस्करण भारतमा सेप्टेम्बरदेखि अक्टोबरसम्म आयोजना हुनेछ । चार टोलीले खेल्ने यस प्रतियोगितामा एक सय १० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । जसमा १५ खेल हुनेछन् ।

नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन उल्लेख्य भूमिका निभाएका पारसले तीन बर्षअघि कप्तान पदबाट राजीनामा दिएका थए । त्यसपछि उनले एक बर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । पारसको कप्तानीमा नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो ।





थप समाचार

नेपाललाई स्तब्ध बनाउँदै नेदरल्यान्ड्स च्याम्पियन

काठमाडौं । नेपाललाई हराउँदै नेदरल्यान्ड्सले त्रिदेशीय सिरिजको उपाधी जितेको छ । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी सिरिजमा घरेलु टाेलीलाइ स्तब्ध […]

च्याम्पियन बन्न नेदरल्यान्ड्सलाई १ सय ८५ रनको लक्ष्य

काठमाडौं । राजधानीमा जारी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजको च्याम्पियन बन्न नेपालले नेदरल्यान्ड्सलाई १ सय ८५ रनको लक्ष्य दिएको छ । […]

नेपालले टस जित्यो

काठमाडौं । नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेको छ । काठमाडौंमा जारी नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजको फाइनल […]

फाइनल खेलमा नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । मंगलबार नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित टी-ट्वान्टी आईको फाइनल खेलमा नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् । नेपाल र […]

नेदरल्यान्ड्स र नेपाल फाइनलमा भिड्दै, यस्तो छ ईतिहास

काठमाडौं । काठमाडौंमा जारी नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजको फाइनल खेलमा घरेलु टोली र नेदरल्यान्ड्सले मंगलबार […]

नेपालसँग खेल्ने आयरल्यान्ड वल्भ्सको टोली घोषणा, सिरिज मार्च २४ बाट

काठमाडौं । नेपाली सिनियर राष्ट्रिय टोली तथा नेपाल ए सँग खेल्ने आयरल्यान्ड वल्भ्सको टोली घोषणा भएको छ । आइतबार क्रिकेट […]