काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सन्न्यासपछि पहिलो पटक नेपालमा क्रिकेट खेल्न कप्तानकाे रूपमा मैदानमा देखिने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव समेत रहेका खड्का सक्रिय खेलाडीबाट सन्यास लिएको ३० महिना पछि नेपाली मैदानमा खेलाडीको रुपमा उत्रदै छन् ।
रुपन्देहीमा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन कार्यक्रममा हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा पूर्व कप्तान खड्काले खेल्न लागेका हुन् ।
उद्घाटनका लागि ४ टोलीबीच टि-१० प्रतियोगिता हुने कार्यक्रम रहेको छ । उद्घाटन फाल्गुन १४ गते एक्स्ट्राटेक मैदानमा नै हुनेछ ।
नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको १९९६ को टोली, रुपन्देही लेजेन्ड्स, सन् २०१४ को टि२० विश्वकप खेलेको टोली र रेस्ट अफ नेपाल गरेर ४ टोलीले सहभागिता जनाउनेछन् ।
पूर्व कप्तान खड्काले २०१४ टोलीको कप्तानी गर्नेछन् । त्यस्तै अन्य खेलाडीको नामावली चाडैं सार्वजनिक हुनेछ । १९९६ को कप्तानमा एलबी क्षेत्री, रेस्ट अफ नेपालमा कलाम अली तथा रुपन्देही लेजेन्ड्समा हरिबहादुर थापा कप्तान रहने सम्भावना रहेको कार्यक्रममा मैदानका गुडवील एम्वेस्टर शक्ति गौचनले बताए ।
