पारस र मेहबुब आज सिंगापुर जाँदै, मुरलीधरन लगायत स्टार खेलाडीहरुसंग खेल्ने

  • विकेटनेपाल, २५ साउन

सिंगापुरमा अगस्ट ११ देखि १३ सम्म आयोजना हुने पाँचौ सिंगापुर क्रिकेट क्लब इन्टरनेसनल टि-२० क्रिकेट प्रतियोगितामा खेल्न पारस खड्का र मेहबुब आलम आज सिंगपुर प्रस्थान गर्दैछन् l

आज दिउसो १ बजे त्रिभुवन विमानस्थलबाट पारस र मेहबुब सिंगापुर प्रस्थान गर्ने क्रिकेटर मेहबुब आलमले विकेटनेपाललाई जानकारी गराएका छन् l सिंगापुर क्रिकेट क्लबको आयोजनामा हुने प्रतियोगितामा दुवै नेपाली क्रिकेटर सिंगापुर इमर्जिंग स्टार टिमबाट खेल्नेछन् l

बिश्वभरका ८ वटा टिमले सहभागिता जनाउने प्रतियोगितामा अस्ट्रेलियाबाट सिड्नी क्रिकेट क्लब र मेलबर्न क्रिकेट क्लब, दक्षिण अफ्रीकाको रोलिन क्रिकेट क्लब, श्रीलंकाको सिंहालिज स्पोर्ट्स क्लब, हंगकंगको काउलुन क्रिकेट क्लब, भारतको  मद्रास क्रिकेट क्लब तथा सिंगापुरको सिंगापुर क्रिकेट क्लब र सिंगापुर इमर्जिंग स्टार खेल्ने छन् l

आईपीएल खेलीसकेका शदाब जकाती र बालचन्द्र अखिल पनि पारस र मेहबुब संगै सिंगापुर इमर्जिंग स्टार टिमबाट खेल्ने छन् l टिममा सिंगापुर रास्ट्रिय क्रिकेटर चेतन सुर्यबंशी, धर्मीचन्द मुलेवा लगायत खेलाडीहरु छन् l

आईपीएल खेलीसकेका शदाब जकाती र बालचन्द्र अखिल पनि पारस र मेहबुब संगै सिंगापुर इमर्जिंग स्टार टिमबाट खेल्ने छन्

श्रीलंकन कीर्तिमानी बलर मुथैया मुरलीधरन पनि स्थानीय टिम सिंगापुर क्रिकेट क्लबबाट प्रतियोगिता खेल्ने छन् l सोहि टोलिबाट अर्का श्रीलंका क्रिकेटर फर्बेज महरुफ तथा अस्ट्रेलियन क्रिकेटर एड कोवान पनि खेल्ने निश्चित भइसकेको छ l यस्तै श्रीलंकाको सिंहालिज स्पोर्ट्स क्लबमा श्रीलंकाको लागि खेलीसकेका दासुन शानाका, थिलिना कान्दामबे, जेफ्रे भान्डर्से, धम्मीका प्रसाद, सचित्रा सेनानायके लगायत खेलाडी खेल्ने पक्का भइसकेको छ l

हंगकंगको काउलुन क्रिकेट क्लबमा ७ जना हंगकंग रास्ट्रिय क्रिकेटर रहने बताईएको छ l वकास बर्कातको कप्तानी तथा बाबर हयात, निजाकत खान, लगायत हंगकंग रास्ट्रिय क्रिकेटरहरु सहभागी हुनेछन् l

कीर्तिमानी बलर मुथैया मुरलीधरन पनि स्थानीय टिम सिंगापुर क्रिकेट क्लबबाट प्रतियोगिता खेल्ने छन्

पाँचौ पटक आयोजना हुन लागेको प्रतियोगितालाई आईसीसीले र सिंगापुर क्रिकेट एसोसियसनले पनि आधिकारिकता दिईसकेको छ l

प्रतियोगितामा सहभागी ८ टिमलाई २ समुहमा बिभाजन गरिएको छ l पारस र मेहबुब खेल्ने टिम सिंगापुर इमर्जिंग स्टार टिम समुह ‘बि’ मा रहेको छ l उक्त समुहमा सिंहालिज स्पोर्ट्स क्लब, मेर्लबर्न क्रिकेट क्लब, काउलुन क्रिकेट क्लब ( हंगकंग ) रहेका छन् l

सिंगापुर इमर्जिंग स्टार टिमले आफ्नो पहिलो खेल ११ अगस्ट शुक्रबार सिंहालिज स्पोर्ट्स क्लबसंग खेल्ने छ l अगस्ट १२ मा टिमले मर्लबर्न क्रिकेट क्लब र काउलुन क्रिकेट क्लबसंग एकै दिन २ वटा खेल खेल्नेछ l

समुहको उत्कृस्ट २ टिम सेमीफाइनलमा प्रवेश गर्नेछ l सेमीफाइनल र फाइनल खेल अगस्ट १३ मा हुनेछ l

खेल तालिका ( सिंगापुर इमर्जिंग स्टार टिम )

११ अगस्ट : बिरुद्ध सिंहालिज स्पोर्ट्स क्लब

१२ अगस्ट :  मेर्लबर्न क्रिकेट क्लब ( स्थानीय समय बिहान ११:४५ बजे ) 

१२ अगस्ट : काउलुन क्रिकेट क्लब ( हंगकंग ) ( स्थानीय समय दिउसो ३ बजे )  

प्रतियोगिताको बिजेता टिमले ५,००० अमेरिकी डलर र उपविजेता टिमले २ हजार अमेरिकी डलर पुरस्कार पाउनेछ l यस्तै धेरै छक्का प्रहार गर्ने, उत्कृस्ट क्याच लिने, उत्कृस्ट फिल्डर, उत्कृस्ट बलर/ब्याट्सम्यानले०० अमेरिकी डलर पाउनेछ l प्रतियोगिताको उत्कृस्ट खेलाडीले १,५०० अमेरिकी डलर पुरस्कार पाउनेछ l

 





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]