पारस-मेहबुबको टिममा २ आईपीएल खेलाडी

  • विकेटनेपाल, २६ साउन

शुक्रबार ( अगस्ट ११ )  देखि सिंगापुरमा सुरु हुने पाँचौ सिंगापुर क्रिकेट क्लब इन्टरनेसनल टि-२० क्रिकेट प्रतियोगिता खेल्न पारस खड्का र मेहबुब आलम सिंगापुरमा छन् l

सिंगापुरको प्रतिष्ठित टि-२० प्रतियोगितामा नेपाली खेलाडीद्वय सिंगापुर टिम सिंगापुर इमर्जिंग स्टार टिमबाट खेल्नेछन् l

सिंगापुर रास्ट्रिय क्रिकेटर समेत रहेका धर्मिचन्द मुलेवाको कप्तानीमा रहेको सिंगापुर इमर्जिंग स्टार टिममा इन्डियन प्रिमियर लिग ( आईपीएल ) प्रतिनिधित्व गरिसकेका २ जना खेलाडीहरु समेत खेल्ने छन् l

बैंगलोर र कोचीबाट आईपीएल खेलीसकेका बालचन्द्र अखिल तथा चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात लायन्सबाट आईपीएल खेलेका शदाब जकाती  पारस र मेहबुबसंगै ड्रेसिंग रुममा रहने छन् l

देब्रे हाते स्पिनर जकाती सन् २००९ मा दक्षिण अफ्रीकामा सम्पन्न आईपीएलमा चेन्नाई सुपर किंग्सका महत्वपूर्ण खेलाडी थिए जुन प्रतियोगितामा उनले १३ विकेट हात पारेका थिए l यस्तै २०१० मा चेन्नाईले आईपीएल जित्दा पनि जकातीले १३ विकेट हात पारेका थिए जुन क्रममा फाइनलमा मुम्बईलाई पराजित गर्दा जकातीले सचिन तेन्दुलकरको महत्वपूर्ण विकेट लिएका थिए l आईपीएलमा कुल ५७ खेल खेलेका उनले ४७ विकेट हात पारिसकेका छन् l

२०१० मा चेन्नाईले आईपीएल जित्दा पनि जकातीले १३ विकेट हात पारेका थिए

सन् २००८ देखि २०१० सम्म रोयल च्यालेन्जर्स बैंगलोरबाट तथा २०११ मा कोची टस्कर केरलाबाट खेलेका बालचन्द्र अखिलले अन्तिम पटक २०११ मा आईपीएल खेलेका थिए l कुल १५ आईपीएल म्याच खेलेका तिब्र गति बलर अखिलले कुल ६ विकेट लिएका थिए l

आईपीएल खेलीसकेका खेलाडीसंग एउटै टिममा हुनुले आफु उत्साहित भएको मेहबुब आलमले सिंगापुर जानु अघि विकेटनेपाललाई बताएका थिए l

कुल ८ टिम सहभागी भएको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रबार श्रीलंकन रास्ट्रिय क्रिकेटरहरुले भरिएको सिंहालिज स्पोर्ट्स क्लब बिरुद्ध खेल्नेछ l खेल नेपाली समय ९:३० बजे बिहान सुरु हुनेछ l

बालचन्द्र अखिल

सिंहालिज स्पोर्ट्स क्लब टिममा श्रीलंकाको लागि खेलीसकेका चमरा कपुगेद्रा,धम्मीका प्रसाद, सचित्रा सेनानायके, थिलिना कान्दामबे, जेफ्रे भान्डर्से, दासुन शानाका लगायत खेलाडी छन् l

श्रीलंकन कीर्तिमानी बलर मुथैया मुरलीधरन पनि स्थानीय टिम सिंगापुर क्रिकेट क्लबबाट प्रतियोगिता खेल्ने छन् l

पारस र मेहबुब खेल्ने टिम सिंगापुर इमर्जिंग स्टार टिम समुह ‘बि’ मा रहेको छ l उक्त समुहमा सिंहालिज स्पोर्ट्स क्लब, मेर्लबर्न क्रिकेट क्लब, काउलुन क्रिकेट क्लब ( हंगकंग ) रहेका छन् l इमर्जिंग स्टार टिमले अगस्ट १२ मा मेर्लबर्न क्रिकेट क्लब र काउलुन क्रिकेट क्लबसंग एकै दिन २ वटा खेल खेल्नेछ l

मुथैया मुरलीधरन लगायत सहभागी ८ टिमका कप्तानहरु l फोटो ( connectedtoindia.com )

सहभागी टिमहरु : अस्ट्रेलियाबाट सिड्नी क्रिकेट क्लब र मेलबर्न क्रिकेट क्लब, दक्षिण अफ्रीकाको रोलिन क्रिकेट क्लब, श्रीलंकाको सिंहालिज स्पोर्ट्स क्लब, हंगकंगको काउलुन क्रिकेट क्लब, भारतको  मद्रास क्रिकेट क्लब तथा सिंगापुरको सिंगापुर क्रिकेट क्लब र सिंगापुर इमर्जिंग स्टार

दुई समुहको उत्कृस्ट २ टिम सेमीफाइनलमा प्रवेश गर्नेछ l सेमीफाइनल र फाइनल खेल अगस्ट १३ मा हुनेछ l

खेल तालिका ( सिंगापुर इमर्जिंग स्टार टिम )

११ अगस्ट : बिरुद्ध सिंहालिज स्पोर्ट्स क्लब ( ( स्थानीय समय बिहान ११:४५ बजे )  

१२ अगस्ट :  मेर्लबर्न क्रिकेट क्लब ( स्थानीय समय बिहान ११:४५ बजे ) 

१२ अगस्ट : काउलुन क्रिकेट क्लब ( हंगकंग ) ( स्थानीय समय दिउसो ३ बजे )  

प्रतियोगिताको बिजेता टिमले ५,००० अमेरिकी डलर र उपविजेता टिमले २ हजार अमेरिकी डलर पुरस्कार पाउनेछ l यस्तै धेरै छक्का प्रहार गर्ने, उत्कृस्ट क्याच लिने, उत्कृस्ट फिल्डर, उत्कृस्ट बलर/ब्याट्सम्यानले०० अमेरिकी डलर पाउनेछ l प्रतियोगिताको उत्कृस्ट खेलाडीले १,५०० अमेरिकी डलर पुरस्कार पाउनेछ l

 

 





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]