ट्राई सिरिज अघि नेपाललाई ठुलो झट्का ! पारस खेल्न नसक्ने

भोलि शनिवार देखि सुरु हुने नेपाल, नेदरल्याण्ड र मलेसिया बीचको त्रिकोणात्मक टि-ट्वान्टी सिरिजमा नेपाली राष्ट्रिय टिमका प्रमुख ब्याट्सम्यान पारस खड्का खेल्न नसक्ने भएका छन्।

पूर्वकप्तान खड्काले फेसबुक मार्फत आफुले पुरै सिरिज गुमाउने जसको कारण गत आइतबार अभ्यास खेलको दौरान क्याच लिंदा दायाँ काँधमा लागेको चोट हो। डक्टरको सल्लाह बमोजिम पारस २ देखि ३ साता मैदान बाहिर बिताउनुपर्नेछ। पारसले आफु नखेल्ने भएता पनि आफ्नो टिमले राम्रो गर्ने विश्वास व्यक्त गरेका छन्।

पारस खड्काको अनुपस्थितिमा नेपाल क्रिकेट संघले प्रतिस्थापनमा खेलाडीको घोषणा गरेको छैन। टिममा स्थान बनाउन नसकेका अलराउण्डर पवन सर्राफ, सन्दिप जोरा र लोकेश बम मध्ये कुनै एक जनाले पारसलाई प्रतिस्थापन गर्न सक्नेछन्।

नेपालको लागि ३३ वटा टि-२० अन्तर्राष्ट्रिय खेलीसकेका पारस नेपालको लागि सर्वाधिक रनकर्ता समेत हुन्। पारसले ३२ खेलमा ब्याटिंग गर्दै २७.५५ को औशत र १२८.०४ को स्ट्राइक रेटले ७९९ रन बनाएका छन्।

अन्तिम पटक पारस नेपाली राष्ट्रिय टिमको जर्सीमा गत वर्ष मार्चमा एसीसी टि-२० इस्टर्न रिजन टि-२० मा देखिएका थिए। लामो अन्तरलमा पारस खड्कालाई नेपालको जर्सीमा हेर्ने चाहना फ्यानहरुको पुरा नहुने भएको छ।

त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले उद्घाटन खेलमा नेदरल्याण्डसंग शनिवार दिउसो १:१५ बजे प्रतिस्पर्धा गर्नेछ। नेपालको दोश्रो खेल मलेसियासंग अप्रिल १९ तारिखमा ( बैशाख ६ गते ) , तेश्रो खेल नेदरल्याण्डसंग अप्रिल २० तारिखमा ( बैशाख ७ गते ) नेदरल्याण्डसंग तथा चौथो खेल मलेसियासंग अप्रिल २२ तारिख ( बैशाख ९ गते ) खेल्ने तालिका रहेको छ। डबल राउण्ड रोबिन फर्म्याटमा आयोजना हुने सिरिजमा सहभागी तिन वटा टिमले एक अर्कासंग २/२ खेल खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने दुई टिम बीच फाइनलमा प्रतिस्पर्धा हुनेछ। सिरिज अन्तर्गत लिग चरणमा ६ वटा र फाइनल गरि कुल ७ वटा खेल खेलिनेछन्।

यो पनि पढ्नुस

https://wicketnepal.com/tri-ser-nep-team-ann-wn21/

https://wicketnepal.com/kyan-le-thalyo-namibia-sanga-tayari/

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy