पारसको विकेट पछि नेपाललाई रोहितबाट आशा

आईसीसी एकदिवसीय बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा स्कटल्याण्डको सामना गरेको नेपालले खराब ब्याटिंग प्रस्तुत गरेको छ।

सुरुवाती ५ विकेट ३९ रनको स्कोरमा ८ ओभरमै गुमाएपछि कप्तान पारस खड्काले अर्धशतक बनाएर सम्हालेको नेपाली इनिंग पारसको विकेट पछि पुनः खराब अवस्थामा पुगेको छ। लिस्ट ‘ए’ क्रिकेटमा हजार रन प्रहार गर्ने क्रममा लिस्ट ‘ए’ को सातौँ अर्धशतक पुरा गरेपछि पारस ६३ रन व्यक्तिगत स्कोरमा आउट भए। ७५ बलको सामना गरेको पारसले १० चौका प्रहार गरेका थिए।

यो समाचार तयार पार्दा नेपालले ३२ ओभरमा १११ रनको स्कोरमा ७ विकेट गुमाएको छ। रोहित पौडेल ११ रन तथा बसन्त रेग्मी ५ रनमा ब्याटिंग गरिरहेका छन्।

यस अघि ओपनर ज्ञानेन्द्र मल्ल ( १ ) र दिलिप नाथ ( ४ ) चाडैनै आउट भएपछि ब्याटिंग गर्न आएका दिपेन्द्र ऐरी ( १ ) , शरद भेसावकर ( ० ) तथा आरिफ शेख ( २ ) आउट भएपछि नेपालले ५ जना ब्याट्सम्यानलाई ३९ रनको कुल योगफलमै गुमाएको थियो। पाँचौं विकेट गुमेपछि पारसले सोमपाल कामिसंग छैठौं विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए। सोमपाल २५ औ ओभरमा टिमको योगफल ८१ रन हुँदा व्यक्तिगत १८ रनमा रन आउट भए।

नेपाललाई नाजुक स्थितिमा पुर्याउन स्कटल्याण्ड ओपनिंग बलर स्टुवार्ट व्हिटिंगघमले ३ विकेट लिने क्रममा दिलिप नाथ, दिपेन्द्र ऐरी र शरद भेसावकरलाई पेभेलियन पठाए । यस्तै सफ्यान शरिफ र रिचीबेरिंगटनले समान १/१ विकेट हात पारेका छन्।

प्रतियोगिताको पहिलो २ खेलमा स्कटल्याण्डले अफगानिस्तान र हंगकंगलाई पराजित गरिसकेको छ भने नेपालले पहिलो खेलमा जिम्बाबेसंग हार बेहोरेको थियो।

स्कोरकार्ड

 

 





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]