पारससंगै ब्याटिंग गर्ने सन्दिपको चाहना

विश्वचर्चित नेपाली लेग स्पिनर सन्दिप लामिछानेले राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्कासंग ब्याटिंग गर्ने चाहना व्यक्त गरेका छन्।

हाल बिग ब्यास लिग खेल्न अस्ट्रेलियामा रहेका सन्दिप अनिवार्य १४ दिन क्वारेन्टाइनमा बसीरहेका छन्। उनि डिसेम्बर १५ तारिखमा अस्ट्रेलिया प्रस्थान गरेका थिए। लिगमा उनि होबार्ट हरिकेन्सको प्रतिनिधित्व गर्दैछन्।

सामाजिक संजाल ट्वीटरमा आफ्ना समर्थकहरुको जिज्ञासाको उत्तर दिने क्रममा एक फ्यानले यदी प्रशिक्षकले ओपनिंग ब्याटिंगमा पठाएको खण्डमा ब्याटिंग पार्टनर कसलाई रोज्नु हुन्छ भनेर सोधेका थिए। प्रश्नको जवाफमा सन्दिपले पारस खड्काको नाम लिएका हुन्।

“पक्का पारस दाई, भर्खरै मैले वहाँसंग ब्याटिंग गर्न पाएको थिए र वहाँलाई नन-स्ट्राइकबाट खेलीरहेको हेर्दा गजब महसुस भएको थियो। उनि लेजेन्ड हुन्।” सन्दिपले लेखेका छन्।

सन्दिपलाई एक फ्यानको जिज्ञाशा समाधान गर्नेक्रममा टिमका नयाँ प्रशिक्षक व्हाटमोर उत्कृस्ट प्रशिक्षक रहेको बताएका छन्।

“मलाई जहाँसम्म थाहा छ डेभ व्हाटमोर उत्कृस्ट प्रशिक्षक हुन्। उनि अनुभवी छन् र आशा छ उनले टिमलाई नयाँ उचाईमा पुर्याउनेछन्। तर यो सबै प्रशिक्षकको हातमा मात्रै छैन। हामीले टिमको रुपमा हरेक मौकामा प्रमाणित गर्नुपर्छ।”

सन्दिपले आफ्नो याद गर्न लायक नेपाली क्रिकेटको पलको रुपमा क्यानडा बिरुद्ध करन केसीले खेलेको अपत्यारिलो इनिंग सम्झिए।

एक फ्यानले भारत र नेपाल बीच मैत्रीपूर्ण खेल कहिले सम्भव होला भन्ने जिज्ञासा गर्दा उनले कहिले हुने बताउन नसकिएता पनि भारत जस्तो टिमसंग खेल्दा धेरै सिक्ने मौका पाइने बताए।

सन्दिपले खेल जीवनको क्रममा हुने आलोचनाहरुले आफुलाई सकरात्मक रुपमा लिने र जहाँ माया हुन्छ त्यहाँ आलोचना पनि हुने बताए।

एक फ्यानले बिगत र वर्तमान समयको कुन क्रिकेटरको विकेट आफ्नो नाममा होस् चाहना छ भन्ने जिज्ञासामा सन्दिपले उक्त ब्याट्सम्यान भारतीय लेजेन्ड सचिन तेन्दुलकरको नाम लिए।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy