पारसको बलिंगमा नाच्यो युएई ‘ए’, पहिलो खेलमा नेपालको जित

Nepal Cricket Team
  • विकेटनेपाल – १६ माघ, मंगलवार

आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईको तयारिका क्रममा आज भएको पहिलो अभ्यास खेलमा नेपालले जित हात पारेको छ। युएईको आईसीसी एकेडेमी ओभल एक मैदानमा नेपालले युएई “ए” लाई २५ रनले हराउन सफल भयो।

युएई ‘ए’ टिममा युएई रास्ट्रिय टिमको लागि खेलीसकेका खेलाडीहरुको वर्चस्व रहेको थियो।

नेपालले दिएको २४७ रनको लक्ष्य पिछा गरेको युएई “ए” को टोलिले ४८.४ ओभरमा अल आउट हुनअघि २२१ रन मात्र जोड्न सक्यो। उत्कृस्ट सुरुवातका बाबजुत बिचका ओभरमा लगातार रुपमा विकेट गुमाउँदा युएई “ए” ले खेलको नतिजा नेपाललाई सुम्पन बाध्य भयो।

पहिलो विकेटका लागि फहद नवाज र चिराग सुरीले ८७ रनको साझेदारी गर्दै युएई ए को टोलिलाई मझ्बुत सुरुवात दिए। चिराग इन्डियन प्रिमियर लिगको गुजरात लायन्सको टिममा परिसकेका खेलाडी समेत हुन्।

४३ बलमा ३६ रन जोडेका नवाजलाई दिपेन्द्र सिंह ऐरीले क्लिन बोल्ड गरेसंगै युएई ए को विकेट पतनको लहर सुरु भयो। यस्तै अर्का ओपनर ब्याट्सम्यान चिराग सुरीको विकेट पनि दिपेन्द्रले नै हात पारे। युएई “ए” को तेस्रो विकेटका रुपमा सुरी ५० बलमा ४५ रन जोड्दै प्वाइन्टको क्षेत्रमा आरिफ शेखबाट समातिएका थिए।

युएई ए टोलिको ब्याटिंगमा मध्यक्रम चल्न सकेन। निल लोबोले ५९ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले खुलेर खेल्ने मौका नेपाली बलरबाट पाएनन्।

युएई “ए” लाई लक्ष्य भन्दा अघिनै रोक्न कप्तान पारस खड्काले उत्कृस्ट बलिंग गरे। बिपक्षि टोलिको ब्याटिंगको मध्यक्रमलाई ध्वस्त गर्ने क्रममा पारसले ५ विकेट चट्काए। यस्तै दिपेन्द्रले ३ तथा ललित भण्डारी र करन केसीले समान १-१ विकेट हात पारे।

यसअघि रोहित पौडेल र करन केसीले अन्तिममा आक्रामक ब्याटिंग गरेपछि कम योगफलतर्फ गइरहेको नेपाली टिमले युएई ‘ए’ लाई २४७ रनको लक्ष प्रस्तुत गरेको थियो।

युएई भ्रमण अन्तर्गत पहिलो अभ्यास खेलमा नेपालले आईसीसी ग्लोबल एकेडेमी मैदानमा पहिले ब्याटिंग गर्ने निर्णय गरेको थियो।
ज्ञानेन्द्र मल्ल र दिलिप नाथले ओपनिंग साझेदारीको रुपमा ३६ रन बनाएपछि मल्ल आठौँ ओभरमा १८ रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए।

त्यसपछि दिलिपले अर्धशतकीय पारि खेल्दै नेपाललाई ठुलो स्कोरतर्फ लैजाने संकेत गरेका थिए। तर २१ औं ओभरमा दिलिप ६१ रनको स्कोरमा क्याच आउट हुन पुगे। दिलिप र अनिलले दोश्रो विकेटको लागि ६० रनको साझेदारी गरे।

दिलिपको विकेटपछि नेपालले नियमित अन्तरालमा विकेट गुमाउन पुग्यो २६ औं ओभरमा अनिल साह ३१ रन बनाएर आउट भए भने त्यसलगत्तै २९ औं ओभरमा दिपेन्द्र ऐरी पनि मात्र २ रन बनाएर पेभेलियन फर्किए। ३१ औ ओभरमा पारस ( २० ) आउट भए भने लगतै आरिफ शेख ( २ ) पनि आउट हुँदा नेपालको स्कोर ९६/२ देखि १३६/६ को स्थितिमा पुगेको थियो।

त्यसपछि ब्याटिंग गर्न आएका रोहित पौडेल र बसन्त रेग्मीले सातौँ विकेटको लागि ४५ रनको साझेदारी गरेका थिए। बसन्त २१ रनको व्यक्तिगत स्कोरमा ४४ औं ओभरमा एलबिडब्लु शिकार हुँदा टिमको स्कोर १८१/७ पुगेको थियो।

बसन्तको विकेट पछि ब्याटिंग गर्न आएका करन केसीले आक्रामक ब्याटिंग गर्दै टिमको स्कोर एक्कासी बढाएका थिए। ४७ औं ओभरमा करनले लगातार ३ वटा छक्का प्रहार गरेका थिए। करन र रोहितले आठौँ विकेटको लागि ५४ रनको साझेदारी गरे। करन ४८ औं ओभरमा आउट हुनु अघि मात्र १६ बलमा ३५ रनको पारि खेलेका थिए।

रोहित पौडेलले अन्तिम ओभरमा विकेट गुमाए जसअघि ४३ रनको इनिंग खेलेका थिए।

युएई “ए” का लागि लक्ष्मण श्रीरामकुमारले सर्वाधिक ३ विकेट हात पारेका थिए। मात्र २.४ ओभर बलिंग गरेका उनले १८ रन खर्चेर ३ विकेट निकाल्दा मोहम्मद कसीम र कार्तिक मयाप्पनले समान २-२ विकेट हात पारेका थिए।

आजको अभ्यास खेलमा सन्दिप लामिछाने, सोमपाल कामि र शरद भेसावकर खेलेका थिएनन्।

नेपालले युएई टुरमा अब अरु २ वटा अभ्यास खेल खेल्नेछ जसपछि टिम फेब्रुअरी ४ तारिकमा नामिबिया प्रस्थान गर्ने तालिका रहेको छ।

फेब्रुअरी ८ देखि १५ तारिकसम्म नामिबियामा आयोजना हुने प्रतियोगिता अघि नेपालले तयारिका लागि दक्षिण अफ्रीका जान आईसीसी समक्ष अनुरोध गरेको थियो। तर आईसीसीले दक्षिण अफ्रिकाको सट्टा युएई भ्रमण गर्ने अनुमति दिएको थियो।

टिमलाई सघाउन आईसीसीले भारतीय प्रशिक्षक सुलाक्षण कुल्कर्नीलाई नियुक्त गरेको छ जसले टिमको ब्याटिंग कन्सल्टेन्टको भूमिका निभाइरहेका छन्। कुल्कर्नीले भारतको रणजी स्तरका खेलाडी तथा मुम्बई लगायत रणजी टिमको प्रशिक्षकको भूमिका निभाईसकेका छन्।

डिभिजन-२ खेल्न युएई जानु अघि १४ सदस्यीय नेपाली टिमको घोषणा गरिसकिएको छ जसमा युवा खेलाडी रोहित पौडेल र अनिल साहलाई पहिलो पटक समाबेश गरिएको छ।

नेपाली टिम

पारस खड्का (कप्तान) , ज्ञानेन्द्र मल्ल (उप-कप्तान) , शक्ति गौचन , बसन्त रेग्मी , शरद भेषावकर , सोमपाल कामी, करण केसि , मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दीपेन्द्र सिंह ऐरी, दिलिप नाथ (विकेट किपर), ललित सिंह भन्डारी, अनिल साह, रोहित कुमार पौडेल

बैकल्पिक खेलाडीहरु : सिद्धान्त लोहनी , किशोर महतो , ललित राजबंशी, सुनिल धमला

डिभिजन-२ मा नेपाल सहित युएई, केन्या, नामिबिया, ओमान र क्यानडा प्रतिस्पर्धा गर्दैछन्। सहभागी ६ टिम मध्ये उत्कृस्ट-२ हुने टिम एकदिवसीय बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ। नेपाल बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौँ स्थानमा रहँदै डिभिजन-२ मा घटुवा भएको थियो।

प्रतियोगिताको पहिलो खेलमा नेपालले फेब्रुअरी ८ तारिकमा आयोजक नामिबियासंग खेल्नेछ। यस्तै दोश्रो खेल फेब्रुअरी ९ तारिकमा ओमानसंग, तेश्रो खेल फेब्रुअरी ११ तारिकमा युएईसंग, चौथो खेल फेब्रुअरी १२ तारिकमा केन्यासंग तथा पाँचौ तथा लिगको अन्तिम खेल क्यानडासंग फेब्रुअरी १४ तारिकमा खेल्नेछ।

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]