पारस र सुर्यको घातक बलिंग, गण्डकी १०८ मै समेटियो

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत पाँचौ दिनको टियु मैदानमा जारि खेलमा गण्डकी प्रदेश र प्रदेश नम्बर-३ प्रतिस्पर्धा गरिरहेका छन्।

पारस खड्काले कप्तानी गरिरहेको प्रदेश-३ पहिलो इनिंगमा गण्डकी प्रदेश बिरुद्ध हावी भएको छ। टस जितेर पहिले ब्याटिंग गर्ने क्रममा उसले ३०.१ ओभरमा सबै विकेट गुमाएर १०८ रन मात्र बनाउन सकेको हो।

सानो योगफलमा गण्डकीलाई समेट्न देब्रे हाते स्पिनर सुर्य तामांग र अफस्पिनर पारस खड्काले ४/४ विकेट लिए। तामांगले ८.१ ओभरमा १ मेडन ओभर गर्दै २९ रन खर्चिए भने खड्काले ८ ओभरमा १ मेडन गर्दै १८ रन खर्चिए। नन्दन यादबले २ विकेट ( ७-०-२२-२ ) लिए।

Surya Tamang
Surya Tamang

गण्डकीका ओपनर अनिल गुरुङ र राहुल शर्माले पहिलो विकेटको लागि २८ रन बनाएपनि त्यसपछि पारस खड्काले लगातार ४ विकेट लिंदै गण्डकीको माथिल्लो क्रम ध्वस्त बनाएका थिए। अनिल ७ र राहुल १२ रन बनाएर आउट भए भने बिधान श्रेष्ठले २ र मेख बहादुर सेनले ५ रन बनाए।

त्यसपछि सुर्य तामांगले बिशाल पौडेल ( ० ) र गोभिन्द प्रधान ( ३ ) को विकेट लिंदा २८/१ बाट गण्डकी ५०/६ को खराब अवस्थामा पुग्यो।

सातौँ विकेटको लागि आकास थापा र सुमन घिमिरेले ५३ रनको साझेदारी गर्दै टिमको योगफल १०० पार गराए। २८ औं ओभरमा नन्दन यादबले सुमनको विकेट लिंदा गण्डकीले पुनः लगातार विकेट गुमायो।

सुमन ३४ रन ( ३२ बलमा १ चौका र ३ छक्का ) बनाएर आउट भए भने एक किनार सम्हालीरहेका आकास थापा २८ रन ( ४६ बलमा २ चौका ) बनाएर आउट भए।

फलस्वरूप ३०.१ ओभरमा गण्डकीले १०८ रनमा सबै विकेट गुमाउन पुग्यो।

प्रदेश-३ ले प्रतियोगितामा २ खेल खेल्दा एपीएफसंग हार बेहोर्दा प्रदेश-५ लाई पराजित गरेको छ। गण्डकी प्रदेशको यो पहिलो खेल हो।

राष्ट्रिय टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल पहिलो पटक प्रदेश-३ को लागि प्रतियोगिता खेलीरहेका छन्।

 





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]