पारस खड्का पहिलो पटक विदेशी लिगमा आवद्ध

नेपाली राष्ट्रिय टिमका नि-वर्तमान कप्तान पारस खड्काले टि-१० लिग खेल्ने भएका हुन् । राष्ट्रिय टिमको कप्तानीबाट राजिनामा दिएका पारसले अर्को महिना संयुक्त अरब इमिरेट्समा हुने फ़्रेञ्चाइज लिग टि-१० लिग खेल्ने भएका हुन् । यद्दपी उनको राजिनामा भने स्वीकृत भैसकेको छैन ।

यसका साथै पारस नेपालको तर्फबाट बिदेशी लिग खेल्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि सन्दीप लामिछानेले विश्वका धेरै लिगहरु खेलिरहँदा सोमपाल कामिले पनि ग्लोबल टि-२० क्यानडा लिगमा सहभागी भएका थिए ।

नेपाली राष्ट्रिय टिमका मेरुदण्ड रहेका पारसले किन बिदेशी लिगहरु खेल्दैनन भन्ने जनमानसमा प्रश्न रहेका थिए । तर उनले यसलाई चिर्दै कप्तानी त्याग्ने घोषणा गरेको केहि समयमा आबद्द भएका हुन् । उनि अबुधाबी टिमबाट खेल्नेछन् ।

आगामी नोभेम्बर १५ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा पारसलाई टिमले ड्राफ्ट अघि नै अनुबन्ध गरेको छ । यसबाट पारसले १० हजार अमेरिकन डलर प्राप्त गर्ने बताईएको छ । उनलाई अनुबन्धन गरेको जानकारी अबुधाबीले सामाजिक सञ्जालबाट दिएको छ ।

यसअघि नै नेपालका अर्का खेलाडी सन्दिप लामिछाने कर्नाटका टस्कर्समा आबद्द भईसकेका छन् । उनलाई कर्नाटकाले ड्राफ्टको ‘ए’ क्याटेगोरीबाट लिएको थियो ।

पारसको टिममा आइकन खेलाडीको रुपमा इंग्ल्याण्डका मोईन अली रहेका छन् । त्यस्तै पाकिस्तानका मोहम्मद आमिर, श्रीलंकाका निरोशन डिकेविल्ला रहेका छन् । युएईका रोहण मुस्तफापनि यसैमा छन् ।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]