पारसको टिम क्वाटरफाइनलबाट बाहिरियो

विकेटनेपाल, मङ्सिर १२

पारस खड्का सहभागी टिम २२ यार्ड क्रिकेट क्लब अमेरिकामा जारी ‘युएस ओपन’ क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलबाट बाहिरिएको छ l शनिबार सम्पन्न क्वाटरफाइनलमा २२ यार्डलाई इन्डीयन लायन्सले ७ विकेटले पराजित गरेको हो l

पहिलो खेलमा ६४ रनको आक्रामक इनिंग खेलेका पारस त्यसपछिको २ खेलमा भने चल्न सकेनन् l

समुह चरणको दोश्रो खेलमा शुक्रबार मात्र १ रन बनाएका पारसले क्वार्टरफाइनलमा पनि १ रन मात्रै बनाउन सके l पारसलाई इन्डीयन लायन्सको लागि खेलेका वेस्ट इन्डिज रास्ट्रिय क्रिकेटर कमिलुस अलेक्जेन्डरले आउट गरेका थिए l

पहिले ब्याटिंग गर्दै २२ यार्डले बनाएको १२४ रनको जवाफमा इन्डीयन लायन्स मात्र ३ विकेट गुमाउदै लक्ष पुरा गरेको हो lपारस सहित २२ यार्ड बाट दक्षिण अफ्रिकी रास्ट्रिय क्रिकेटर रस्टि थेरोन र वेस्ट इन्डिज खेलाडी शन फिंडले पनि खेलेका थिए l

संबन्धित : 





थप समाचार

रौतहट प्रिमियर लिगमा १६ टोलीको सहभागीता रहने

काठमाडौं । रौतहट प्रिमियर लिग (आरपिएल) २०२४ मा १६ क्लबको सहभागीता हुने भएको छ । बुबा ममी इभेन्ट्स तथा स्पोर्टस […]

क्रिकेट प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको आयोजनामा तथा ग्रेट हिमालय क्रीकेट एकेडेमीको समन्वयमा सिन्धुपाल्चोकमा रहेका सामुदायिक तथा सस्थागत बिधालयका खेल […]

एन्डरसनको बिदाई खेलमा इंग्ल्यान्डको जित

काठमाडौं । तीव्र गतिका बलर जेम्स एन्डरसनको बिदाइ खेलमा वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट इंग्ल्यान्डले एक इनिङ १ सय १४ रनको […]

पूर्व मुख्य प्रशिक्षक टमाटा सम्मानित

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक जगत टमाटा सम्मानित भएका छन् । टमाटालाई इलाइट मुभर्स एजुकेसन […]

आसिफ इलाइट मुभर्स एजुकेसनको ब्रान्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेख इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । हाललाई […]

महिला एसिया कप : पहिलो संस्करण दुई टोलीबीचको सिरिज

काठमाडौं । सन् २००४ मा पहिलो संस्करणको एसीसी महिला एसिया कप भएको मानिए पनि २००४ को सो एसिया कप केबल […]