निरज श्रेष्ठ उपचार सहयोगार्थ च्यारिटी खेलमा पारस ११ को जित ; दिपेन्द्रको अर्धशतक

Paras Khadka
  • विकेटनेपाल – २५ फाल्गुन, शनिवार

शनिवार मकवानपुर स्थित हेटौंडामा सम्पन्न च्यारिटी टि-२० खेलमा पारस ११ ले निरज ११ लाई २ विकेटले पराजित गरेको छ। ब्लड क्यान्सरबाट ग्रसित हेटौंडाका स्थानीय पूर्व खेलाडी निरज श्रेष्ठको उपचार सहयोगार्थ राष्ट्रिय टोलीका खेलाडी सम्मिलित पारस ११ र स्थानीय खेलाडी सम्मिलित निरज ११ बीच च्यारिटी खेल खेलिएको थियो।

स्थानीय हुप्राचौर मैदानमा टस जितेर ब्याटिंग गरेको निरज ११ ले निर्धारित २० ओभरमा १७१ रन जोडेको थियो। राम नरेश गिरीको कप्तानीमा रहेको निरज ११ लाई पारस खड्का कप्तानीको पारस ११ ले खेल सकिन २ बल बाँकी रहंदा २ विकेटले पराजित गर्यो। पारस ११ को जितमा दिपेन्द्रसिंह ऐरीले अविजित ६२ रन तथा सोमपाल कामीले २९ रन जोडे।

च्यारिटी खेल खेल्न राष्ट्रिय टोलीका कप्तान पारस खड्का, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी सहित ललित राजबंशी, अनिल कुमार साह, महबुब आलम, अमित श्रेष्ठ, आरिफ शेख, सन्दिप जोरा, अनिल मण्डल लगायतका खेलाडी हेटौंडा पुगेका थिए।

मकवानपुर जिल्ला क्रिकेट संघ, मदन भण्डारी स्पोर्ट्स एकेडेमी र मकवानपुर क्रिकेट एकेडेमीको आयोजनामा संचालित च्यारिटी खेलमा पारस खड्का सहित अन्य खेलाडीले समेत निरज श्रेष्ठको उपचारार्थ रकम सहयोग गरेका थिए। पारसले नगद रु. २५ हजार व्यक्तिगत सहयोग गरे भने फुटवल खेलाडीहरु रंजन विस्ट र अन्जन विस्टले समेत नगद रु. १० हजार रुपैयाँ सहयोग गरेका थिए।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]