पर्सा र बारा विजयी

पाँचौ संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत मधेश प्रदेश सिनियर एकदिवसीय क्रिकेट छनोट प्रतियोगिताको शनिवार सम्पन्न दुई खेलमा पर्सा र बारा विजयी भएका छन्।

पर्साले रौतहटलाई ५ विकेटले पराजित गर्यो जुन क्रममा  रौतहटले दिएको १७५ रनको लक्ष्य पर्साले २६.४ ओभरमा भेटायो। पर्साको जितमा ब्याटिंगतर्फ इमरान शेखले ७१ रन, अल्फाज मन्सुरीले २४ तथा अनुज चौहानले २३ रन बनाए भने बलिंगतर्फ संसाद अन्सारीले ५ तथा सैफुलाह अन्सारीले ४ विकेट लिए। रौतहटको लागि रंबिर यादवले ४०, राजेश यदवले ३९ रन योगदान दिए।

दोश्रो खेलमा बाराले सर्लाहीलाई ५ विकेटले पराजित गर्यो जुन क्रममा सर्लाहीले दिएको १२८ रनको लक्ष्य १४.१ ओभरमा भेटायो। जितमा बाराको ब्याटिंगतर्फ रभी शाहले अविजित ६० तथा अरनिको यादवले ४१ रन बनाए भने बलिंगतर्फ कुमार थापाले ३ र अरनिको यादवले २ विकेट लिए। सर्लाहीको लागि अलि हसनले २५ तथा बलिंगमा विशाल पटेलले ४ विकेट लिएता पनि जित्न पर्याप्त रहेन।

लिग चरणको खेल सकिंदा समुह ‘ए’ मा सिराहा तिन वटै खेलमा जित सहित ६ अंक बटुली शिर्षमा रह्यो। धनुषा, महोत्तरी र सप्तरीले समान १ जित र २ हार बेहोरे। समुह ‘बि’ मा बारा, पर्सा र रौतहटको समान ४ अंक रह्यो जुन क्रममा ३ खेलमा २ जित र १ हार बेहोरे। सर्लाहीले तिन वटै खेलमा हार बेहोर्यो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy