प्रदेश नंं २ स्तरीय क्षेत्रिय छनौट क्रिकेट प्रतियोगिताको उपाधि पर्सालाई, सुरेन्द्रनाथ र तृपितलाई सम्मान

  • विकेटनेपाल – १७ फाल्गुन, शुक्रवार 

मध्यमान्चल खेलकुद बिकास समितिको आयोजना तथा जिल्ला खेलकुद बिकास समिति सप्तरी र सप्तरी क्रिकेट संघको संयुक्त संयोजनमा सप्तरीको राजबिराजमा संचालित प्रदेश नंं २ स्तरीय क्षेत्रिय छनौट क्रिकेट प्रतियोगिताको उपाधि पर्साले हात पारेको छ। शुक्रवार सम्पन्न फाइनल खेलमा पर्साले सप्तरीलाई ३ विकेटले पराजित गर्यो।

फाईनल खेलमा टस जितेर ब्याटिंग रोजेको सप्तरीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४० रन बनाएको थियो। सप्तरीका लागि रोहन बिकले सर्वाधिक ५४ रन जोडेका थिए। ४६ बलको सामना गरेका रोहनले ७ चौक्का र २ छक्काको प्रहार गर्दै ५४ रनको उत्कृस्ट इनिंग खेलेका थिए। यस्तै सप्तरीका महवुव आलमले २५, बिकास दासले १६ र अमित दासले १० रनको योगदान दिएका थिए।

पर्साको बलिङ्गतर्फ सोहेल हवारीले सर्वाधिक ३ विकेट हात पारेका थिए। यस्तै सैदुला अंसारी र फिरोज अंसारीको नाममा सामान २-२ विकेट रहेको थियो।

१४१ रनको लक्ष्य पछ्याउने क्रममा पर्साले १९.१ ओभरमा ७ विकेट गुमाएर जित दर्ता गर्यो। पर्साको जितमा हासिम अंसारीले सर्वाधिक २९ तथा सोनु अंसारीले २५, सैदुला अंसारी २३ र सैफुला अन्सारीले अविजित १७ रनको योगदान दिए। बलिंगतर्फ सप्तरीका बिवेक यादवले ३ तथा बिकास दास, रोहित सिंह र महवुव आलमले सामान १ विकेट लिए।

खेलको म्यान अफ द म्याच पर्साका सैदुला अन्सारी घोषित भए।

सुरेन्द्रनाथ र तृपितलाई सम्मान :

यसै बीच सप्तरी क्रिकेट संघले सुरेन्द्रनाथ सिंह तथा तृपित नारायण साहलाई सम्मान गरेको छ। मध्यमान्चल खेलकुद बिकास समितिको आयोजना तथा जिल्ला खेलकुद बिकास समिति सप्तरी र सप्तरी क्रिकेट संघको संयुक्त संयोजनमा सप्तरीको राजबिराजमा संचालित प्रदेश नंं २ स्तरीय क्षेत्रिय छनौट क्रिकेट प्रतियोगिताको समापन समारोहमा दुईलाई सम्मान गरिएको हो।

वि.सं  २०३८ साल देखि लगातार सप्तरीको क्रिकेट बिकासमा महत्वपुर्ण योगदान पुर्याए वापत सुरेन्द्र नाथ सिंहलाई सप्तरी क्रिकेट संघका सचिव आयुश श्रेष्ठले ताम्रपत्र तथा खादाले सम्मान गरे।

सिंहले उत्पादन गरेका महत्वपुर्ण खेलाडिहरु मध्ये किर्तिमानी क्रिकेटर महवुव आलम, दिपेन्द्र चौधरी, सन्दिप श्रेष्ठ तथा शैलेन्द्र खडका लगायतको तर्फबाट महवुव आलमले सिंहलाई ट्रयाकसुट, स्पोर्टस जुत्ता, मायाको चिनो तथा प्रशंशा पत्र सहित सम्मान गरेका थिए। यस्तै अम्पाएर स्कोरर संघ सप्तरीका तर्फबाट संयोजक निरज सिंह तथा रोशन मण्डलले संयुक्त रुपमा कदर पत्र सहित खादा ओढाई सम्मान गरेका थिए।

यस्तै सप्तरी क्रिकेट संघले जिल्ला खेलकुद बिकासमा बिगत ३० बर्षदेखि कार्यरत तृपित नारायण साहलाई समेत ताम्रपत्र सहित दोसल्ला ओढाई सम्मान गर्यो।

समाचार तथा तस्बिर स्रोत : सप्तरी क्रिकेट 

 





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]