प्रदेश-२ यु १९ छनौट प्रतियोगिता : पाँचौ दिन पर्सा र महोतरी बिजयी

१ मंसिर, रौतहट

रौतहटमा संचालित प्रदेश २ स्तरीय वाई वाई यु-१९ एकदिवसिय छनौट प्रतियोगिताको पाचौ दिन पर्साले सप्तरीलाई ८ विकेटले तथा महोतरीले सिरहालाई ५ विकेटले पराजित गरेको छ ।

गौरको मिल्स मैदानमा भएको खेलमा सप्तरीले टस जिती पहिलो ब्याटिंग गर्दै निर्धारित ५० ओभरको खेलमा ३७ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाई १ सय १७ रनमै समेटिएको थियो । सप्तरीका लागि अमित यादवले २९ र अमित मण्डलले १८ रन बनाए भने अभिषेक कार्कि नटआउट रहि १५ रनको योगदान दिए । बलिंग तर्फ पर्साका समशाद मन्सुरीले ४, सोनु शर्मा २ तथा अनुज चौहान र अलफाज मन्सुरीले सामान १ विकेट लिए।

१ सय १८ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको पर्साका सन्तोष कार्किले उत्कृष्ट ब्याटिंग गरेपछि उक्त लक्ष्य सजिलै १५ ओभर २ बलमा २ बिकेटकै नोक्सानीमा भेटायो । प्लेयर अफ द म्याच घोषित सन्तोषले नटआउट रहि ५१ बलमा ७ छक्का र ४ छक्काको मद्धतले ७५ रनको योगदान दिए भने अशव हुसैन नटआउट रहि १६ रनको योगदान दिए । बलिंग तर्फ सप्तरीका बिवेक यादव र अजय यादवले सामान विकेट लिए।

बुधवारनै पिप्रा मैदानमा सम्पन्न अर्को खेलमा सिरहाले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित ३५ ओभरको खेलमा २१ ओभर ४ बलमा सम्पुर्ण विकेट गुमाई ८९ रनमै समेटियो । सिरहाका लागि सोमन गहतराज ३७ र शैलेन्द्र साह १३ बाहेक कुनै पनी ब्याट्सम्यानले दोहोरो अंक छुन सकेका थिएन । बलिंग तर्फ महोतरीका पुरज ढुंगेलले ७ ओभरमा १ मेडन सहित १३ रन दिई महत्वपुर्ण ५ विकेट लिए भने जेम्स मण्डल ३ तथा बिधान गोश्वामी र मो युसुफ अलीले सामान १ विकेट लिए।

९० रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको महोतरीले उक्त लक्ष्य २५ ओभर ३ बलमा ५ बिकेटको नोक्सानीमा भेटायो । महोतरीका लागि सनम मण्डलले २८ र अरुण मण्डलले नटआउट रहि २० रन बनाए भने सुरेश कुमार मण्डलले १८ रनको योगदान दिए। बलिंग तर्फ सिरहाका प्रदिप पासवानले ३ तथा कुश मण्डल र एरुदिन राइनले सामान १ विकेट लिए ।

खेलको म्यान अफ द म्याच महोतरीका पुरज ढुंगेल घोषित भए।

प्रतियोगिता अन्तर्गत छैठौं  दिन अर्थात बिहिवार बारा र धनुषा बिच तथा सिरहा र सर्लाहि बिच हुनेछ ।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]