द हन्ड्रेड : पटेलको आक्रामक इनिंग्स र रियाजको ४ विकेट मद्दतले रकेट्स शिर्षमा

वाहब रियाज र समित पटेलको उत्कृस्ट योगदान मद्दतले वेल्स फायरलाई ६ विकेटले पराजित गर्दै ट्रेन्ट रकेट्स इंग्ल्यान्डमा जारि ‘द हन्ड्रेड’ लिगको शिर्ष स्थानमा पुगेको छ। कार्डिफ स्थित सोफिया गार्डेनमा गयराती सम्पन्न खेलमा फायरले दिएको १४० रनको लक्ष्य रकेट्सले ९० बलमै भेटायो।

लक्ष्य पछ्याउने क्रममा ७१ रनमा ४ विकेट गुमाएको रकेट्सको लागि समित पटेल र कप्तान लुइस ग्रेगोरीले मात्र ३२ बलमा ६९ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए। आक्रामक ब्याटिंग गरेका पटेलले २० बलमा १ चौका र ५ छक्का मद्दतले अविजित ४६ रन तथा ग्रेगोरीले १७ बलमा १ चौका र १ छक्का मद्दतले अविजित २२ रन बनाए। एलेक्स हेल्सले २६ तथा डेविड मलानले २० रन योगदान दिए। वेल्स फायरको बलिंगमा कैस अहमदले २ तथा डेभिड पेन र म्याट मिल्नेसले समान १ विकेट लिए।


यस अघि टस हारेर ब्याटिंग गरेको वेल्सले १०० बलमा ८ विकेट क्षेतीमा १३९ रन बनाएको थियो। उसको लागि ग्लेन फिलिप्सले सर्वाधिक ५० रन बनाए जुन क्रममा ३५ बलमा ४ चौका र २ छक्का प्रहार गरे। यस्तै लिउस डु प्लोयले ३० रन बनाए। रकेट्सका बलर वहाब अरियाजले ४ विकेट लिए जुन क्रममा २० बलमा ७ डट बल फाल्दै ३० रन खर्चिए। लुक वुड, म्याथु कार्टर र एस मुल्लानेले समान १ विकेट लिए।

जित पछि शिर्ष स्थानमा पुगेको रकेट्सको ५ खेलमा ४ जित र १ हार पछि ८ अंक रहेको छ .वेल्स भने हार पछि सातौँ स्थानमा रहेको छ जसले ५ खेलमा २ जित र ३ हार बेहोर्दै ४ अंक बटुलेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy