भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसीसीआई ) ले चिनियाँ मोबाइल कम्पनि भिभोसंग इन्डियन प्रिमियर लिग ( आईपीएल ) को टाइटल स्पन्सरको सम्झौता रद्द गरिसकेको छ।
भारत र चिन बीच सिमा तनावको क्रममा गलवान उपत्यकामा २० जना भारतीय सैनिकहरु मारिएपछि भारतमा चिनिया सामग्रीहरु बहिस्कार गर्ने लहर चलीरहेको छ। यस कारण बिसीसीआईलाई भिभोसंगको करार रद्द गर्न दबाब रहेको थियो। भारतले ६० वटा चिनिया मोबाइल याप समेत प्रतिवन्ध गरेको थियो। यो वर्ष रद्द गरेता पनि आगामी वर्ष भिभोसंग पुनः सम्झौता गर्ने सम्भावना रहेको छ। यो वर्षको लागि भने आईपीएलले नयाँ प्रायोजकको रुपमा नयाँ कम्पनि खोजिरहेको छ।
रामदेवको पतंजलीको इच्छा
यसै बीच भारतीय मिडियाहरुले चर्चित योग गुरु बाबा रामदेवको कम्पनि पतंजली ( Patanjali ) ले आईपीएलको मुख्य प्रायोजक बन्न इच्छा व्यक्त गरेको बताएको छ।
भिभो प्रायोजकबाट हटेपछि पतंजली कम्तिमा यो सिजनको लागि विश्वको सबैभन्दा महँगो क्रिकेट लिगको प्रायोजक हुनसक्नेछ। एक रिपोर्टका अनुसार पतंजलीका प्रवक्ता एसके तिजारावालाले बताएका छन् –
“हामि यो वर्षको लागि आईपीएलको टाइटल प्रायोजन गर्ने सोचीरहेका छौ, किनकि हामि पतंजली ब्रान्डलाई विश्व मंचमा लैजान चाहन्छौं।” पतंजली बिसीसीआईलाई प्रस्ताव दिनेमा विचाराधीन रहेको छ।
बाबा रामदेव नेतृत्वको पतंजली आयुर्वेदले टुथपेस्ट, मह, बिस्कुट, चाउचाउ, घ्यु, साबुन जस्ता समानहरु बेच्दै आएको छ। भारतमा चिन बिरोधि अभियान सक्रिय रहेका कारण भारतकै स्वदेशी उत्पादनको रुपमा टाइटल प्रायोजनमा पतंजली सुहाउदो ब्राण्ड मानिएको छ।

टाइटल प्रायोजनको लागि ई-कमर्श या ई-लर्निंग कम्पनि पनि अघि आएको बताईएको छ। यस्तै टाटा ग्रुपको जियो ( JIO ) पनि अघि आउने बताईएको छ किनकि लामो समय पछि ठुलो कुनै इभेन्ट आयोजना भइरहेको छ। पछिल्लो ६ महिना देखि कुनै पनि ठुलो आयोजना नभएको हुँदा कम्पनि आफ्नो प्रचार गर्न ठाउँ खोजिरहेको छ। यस्तोमा ठुलो कम्पनिसंग आईपीएल जस्तो विश्वस्तरीय लिगमा जोडिने मौका रहेको छ।
भिभो नहुँदा बिसीसीआई हुनसक्छ ठुलो घाटा
चिनियाँ मोबाइल कम्पनि भिभोले मुख्य प्रयोजन बापत वार्षिक ४४० करोड भारतीय रुपैयाँ ( ७१०.४ करोड नेपाली रुपैयाँ ) दिने सम्झौता गरेको थियो। सम्झौता अनुरुप भिभोले २०१८-२०२३ सम्म ५ वर्षमा २,१९९ करोड भारतीय रुपैयाँ दिने सम्झौता गरेको थियो।
भिभो प्रायोजक नहुने हुँदा नयाँ प्रायोजकबाट भिभोले दिने भन्दा निकै कम रकम बिसीसीआईले पाउन सक्ने बताईएको छ। आर्थिक वेबसाइट मनिकन्ट्रोलका अनुसार बिसीसीआईले नयाँ टाइटल स्पन्सरबाट बढीमा ३ सय करोड भारु मात्र पाउन सक्नेछ। अर्थात् करीब १४० करोड भारुको ( २२४ करोड नेपाली रुपैयाँ ) घाटा भारतीय क्रिकेट बोर्डले व्यहोर्नु पर्नसक्छ।
१३ औं संस्करणको आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा आयोजना हुँदैछ।
यो पनि पढ्नुस :-
https://wicketnepal.com/shoaib-akhtar-on-j-bumrah-wn20/
https://wicketnepal.com/chahal-engagement-wn20/
https://wicketnepal.com/cpl-t20-team-and-players-wn20/
https://wicketnepal.com/sandeep-best-9-spell-in-foreign-t20-league/