इरफान पठान लंका प्रिमियर लिग खेल्न अनुबन्धित

२०७७ कार्तिक १६, आईतवार ०९:२२

पूर्व भारतीय अलराउण्डर इरफान पठान लंका प्रिमियर लिग खेल्न क्यान्डी टस्कर्स टिमसंग अनुबन्धित भएका छन्। पठानसंगै टिमको प्रशिक्षकको रुपमा पूर्व श्रीलंकन क्रिकेटर हशन तिलकरत्ने पनि अनुबन्धित भएका छन्।

क्यान्डी टस्कर्स टिममा क्रिस गेल, लियाम प्लंकेट, वहाव रियाज र कुशल परेरा जस्ता अन्तर्राष्ट्रिय क्रिकेटरहरु रहेका छन्।

सन् २०१९ फेब्रुअरी देखि टि-२० क्रिकेट नखेलेका ३६ वर्षीय पठान हाल युएईमा जारि इन्डीएन प्रिमियर लिग ( आईपीएल ) मा कमेन्ट्रि गरिरहेका छन्।

“म प्रतियोगिताको लागि उत्साहित छु। मैले टि-२० क्रिकेटबाट सन्यास लिएको थिए तर म विश्वभर खेल्न सक्छु र आशा गर्छु कि मैले खेलको मजा पनि लिन सक्नेछु जुन मैले पछिलो २ वर्ष देखि लिन पाएको छैन। मलाई लाग्छ म अझै केहि समय खेल्न सक्छु तर म विस्तारै सुरु गर्छु र हेर्छु कस्तो हुन्छ र त्यसपछि अघि बढ्छु।”  पठानले क्रिकइन्फोसंग कुराकानीमा बताए।

पठानले रणजी ट्रफी सिजन २०१९/२० मा जम्मु-कश्मिर टिमको मेन्टरको भूमिका निभाएका थिए जसलाई निरन्तरता दिनेमा उनि सकरात्मक रहेका छन् – “मलाई घरेलु क्रिकेटमा केहि स्पस्टताको खाँचो छ र त्यो कुरामा स्पस्ट भए भने जुन सुकै टिम भएता पनि म सहयोग गर्न र आफ्नो अनुभव बाड्न तयार छु।”

पठानको अनुबन्धले लंका प्रिमियर लिगलाई केहि राहात भएको छ। भर्खरै श्रीलंका क्रिकेट बोर्डले आन्द्रे रसेल, फाफ डु प्लेसी, डेभिड मिलर, मनभिन्दर बिस्ला र दवीड मलान जस्ता खेलाडीहरुले लिगबाट नाम फिर्ता लिएको बताएको छ।

पठानले भारतको लागि अन्तिम पटक २०१२ मा खेलेका थिए। उनले भारतको लागि २९ टेस्ट, १२० वानडे तथा २४ टि-२० खेलेका थिए जुन क्रममा क्रमशः १००, १७३ र २८ विकेट लिएका थिए। ब्याटिंगअ पनि उनले टेस्ट र वानडेमा १ हजार रन बढी बनाएका छन्।

नोभेम्बर २१ देखि डिसेम्बर १३ सम्म संचालन हुने लिग श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्न लागेको हो जसको व्यवस्थापन द आईपीजी ग्रुपले गरिरहेको छ। लंका प्रिमियर लिगमा कोलोम्बो किंग्स, दाम्बुला हक्स, गाले ग्ल्याडीएटर्स, जाफ्ना स्टालियन्स र क्यान्डी टस्कर्स गरि ५ टिमहरु सहभागी रहेका छन्।

यो पनि पढ्नुस :-

लंका प्रिमियर लिगमा सन्दिपलाई लिईएन , कुन टिमले कसलाई लियो

टाउकोको उचाइको बललाई ‘नो बल’ नदिएपछि खेलाडी र फ्यानहरु चकित

लगातार तेश्रो हार पछि बैंगलोर कप्तान कोहलीले के भने

दिल्लीको लगातार चौथो हार, सहज जित पछि मुम्बईको शिर्ष-२ स्थान पक्का

बैंगलोरलाई पराजित गर्दै हैदरावाद चौथो स्थानमा उक्लियो, प्लेअफ सम्भावना कायमै

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy