पल स्टरलिङ्ग बिपिएल खेल्न अनुबन्धित, यसरी सम्झे नेपालमा खेल्दाको अनुभव

Paul Stirling
  • विकेटनेपाल, पुष १४ , शनिवार 

आयरल्याण्डका स्टार क्रिकेटर पल स्टरलिङ्गलाई बंगलादेश प्रिमियर लिग (बिपिएल) टिम खुल्ना टाईटन्सले अनुबन्ध गरेको छ।

२०१९ जनवरी ५ देखि सुरु हुने बंगलादेश प्रिमियर लिगमा खुल्नाबाट खेल्ने निल ओब्रायन पछि स्टरलिङ्ग दोश्रो आइरिस क्रिकेटर हुन्। नेपाली लेग स्पिनर सन्दीप पनि लिगमा सिलेट सिक्सर्सबाट खेल्दै छन्, जो बिग ब्यासको आगामी खेल खेलेर जनवरी २ तारिखमा बंगलादेश प्रस्थान गर्नेछन्।

आयरल्याण्डको लागि १०० एकदिवसीय खेलिसकेका २८ वर्षीय स्ट्रलिङ बंगलादेशमा खेल्न पाउनुमा खुसी व्यक्त गर्दै टिम प्रशिक्षक माहेला जयवर्दनेसंग काम गर्न पाउनु ठुलो अवसर भएको बताएका छन् ।

“खुल्नाले म माथि रुचि देखाएको सुन्दा म प्रसन्न भए। प्रतियोगिता खेल्नु बाहेक म प्रशिक्षक माहेला जयवर्दनेसंग काम गर्ने अवसरको लागि उत्साहित छु। उनि (जयवर्दने) पछिल्लो २० बर्ष श्रीलंकाका सबैभन्दा महान क्रिकेटर हुन्।”

गत हफ्ता नेपालमा सम्पन्न एभरेस्ट प्रिमियर लिगमा चितवन टाईगर्सको लागि खेलेका स्टरलिङ्गले नेपालमा क्रिकेट खेल्दाको अनुभव आँखा खोल्ने खालको रहेको बताए। “नेपालको अनुभव जहाँबाट म भर्खरै फर्केको छु त्यो आँखा खोल्ने खालको थियो। नेपाल त्यो देश जुन प्राय हाम्रो मस्तिस्कमा क्रिकेटको दृस्टीकोणले माथि रहँदैन त्यहाँ क्रिकेटको लागि गजबको उत्साह देखिनु क्रिकेटको भविस्यको लागि प्रोत्साहनजनक छ ।”

Paul Stirling
ईपिएल दौरान पल स्टरलिङ्ग र शक्ति गौचन

स्टरलिङ्गको टिम चितवन टाइगर्स एभरेस्ट प्रिमियर लिगको प्ले-अफ चरण प्रवेश गरेको थियो। टिमको लागि उनले ६ खेलमा कुल १५७ रन बनाएका थिए भने ३ विकेट समेत लिएका थिए। लिगमा आयरल्याण्डका अर्का खेलाडी केभिन ओ’ब्रायन पनि काठमाडौँ किंग्स-११ बाट खेलेका थिए ।

विश्वभर टि-२० क्रिकेट प्रतियोगिता आयोजना हुनुलाई स्ट्रलिङ यसरी लिन्छन्-

“टि-२० क्रिकेट प्रतियोगिताहरु विश्वभर उदाउनुले अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नयाँ आयाम ल्याएको छ। खेल्न र अभ्यास गर्ने मौका तथा क्रिकेटको महान खेलाडीहरुबाट सिक्ने अवसरलाई म हल्कासंग लिन्न। क्रिकेट भन्दा बाहेक पनि विभिन्न देशको संस्कृतिको झल्को देख्न तपाईले पाउनुहुन्छ।”

आयरल्याण्डको लागि ओपनिंग ब्याटिङ गर्ने स्ट्रलिङले कुल १०० एक दिवसीय अन्तर्राष्ट्रिय र ५२ टि-२० अन्तर्राष्ट्रियको अनुभव बटुलेका छन्। बिष्फोटक ब्याटिंगका लागि चिनिने स्ट्रलिङको नाममा ३३४६ एकदिवसीय तथा ११८१ टि-२० अन्तर्राष्ट्रिय रन रहेको छ।

( समाचार श्रोत – क्रिकबज )





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]