पुर्व राष्ट्रिय क्रिकेटर पवन दासलाई कोरोना संक्रमण

नेपालको उमेर समुह राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका सप्तरीका क्रिकेटर पवन दासलाई कोरोना संक्रमण देखिएको छ।

दास आफैले फेसबुक स्टाटस मार्फत संक्रमण भएको बताएका छन्। उनले फेसबुकमा कोरोना रिपोर्ट पोजेटिभ आएको बताउदै साउन १५ गते देखि आफ्नो सम्पर्कमा आउनेहरुलाई सुरक्षित रहन आग्रह गरेका छन्। आफुलाई निको हुने विश्वास समेत उनले व्यक्त गरेका छन्।

सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले विकेटनेपाललाई जानकारी दिए अनुसार दास सहित उनको बुवा र आमालाई समेत कोरोना संक्रमण देखिएको छ। दासको श्रीमती र छोरिको पनि पिसीआर परिक्षण गरिएको छ जसको रिपोर्ट आउन बाँकी रहेको छ।

हाल सप्तरीमा व्यवसाय गर्दै आएका दासले सन् २००२ मा नेपाली अन्डर-१५ तथा २००४ मा अन्डर-१७ नेपाली राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका थिए। बायाँ हाते ओपनिंग ब्याट्सम्यान ब्याट्सम्यान दासले २००२ को अन्डर-१५ एसिया कपमा टेस्ट राष्ट्र बंगलादेश यु-१५ बिरुद्ध ६२ रन बनाएका थिए। दासले सोहि प्रतियोगितामा भारत बिरुद्ध २९ रन बनाएका । सो प्रतियोगितामा नेपाल सेमीफाइनलसम्म पुगेको थियो र पाकिस्तानसंग सेमीफाइनलमा नेपाल २७ रनले पराजित भएको थियो।

राम्रो प्रदर्शन गरेका कारण दास २००२ यु-१५ एसिया कपको एसीसीले घोषणा गरेको ड्रिम टिममा समेत परेका थिए। प्रतियोगितामा उनले ८ खेलमा कुल २०९ रन बनाएका थिए। दास सहित राज श्रेष्ठ, पारस खड्का र शरद भेसावकर उक्त ड्रिम टिममा पर्न सफल भएका थिए।

दासले गत वर्ष सप्तरीमा सम्पन्न सप्तरी प्रिमियर लिग प्रतियोगितामा बोदे बर्साईन थन्डर्सको प्रतिनिधित्व गरेका थिए।

दासले गत वर्ष सप्तरीमा सम्पन्न सप्तरी प्रिमियर लिग प्रतियोगितामा बोदे बर्साईन थन्डर्सको प्रतिनिधित्व गरेका थिए।

नेपालमा हालसम्म २२ हजार ५ सय ९२ जनामा कोरोना संक्रमण देखिएको छ जसमध्ये १६ हजार ३ सय १३ जना निको भएका छन् भने ७३ जनाको मृत्यु भएको छ।

यो पनि पढ्नुस :- 

https://wicketnepal.com/sandeep-report-negative-with-162-wn20/

https://wicketnepal.com/fabian-allen-le-cpl-t20-gumaune-wn20/





थप समाचार

अन्तर नगरपालिका छात्र यु-१६ क्रिकेट प्रतियोगिता काकरभिट्टामा सुरु हुँदै

मेचीनगर नगरपालिका, झापाको आयोजनामा यही असार ५ गतेदेखि ९ गतेसम्म काकरभिट्टा खेल मैदानमा अन्तर नगरपालिका छात्र क्रिकेट प्रतियोगिता हुने भएको […]

नेपालको संघर्षपूर्ण जित

काठमाडौँ । नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध २ विकेटको संघर्षपूर्ण जित हासिल गरेको छ। त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्यान्डले दिएको ९८ रनको […]

पाँचपोखरी र मेलम्ची संयुक्तरुपमा विजेता

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्तरुपमा सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको च्याम्पियन बनेका छन् । कीर्तिपुरस्थित त्रिवि […]

पाँचपोखरी टी-२० : उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने

काठमाडौं। पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । कीर्तिपुरस्थित […]

धनगढी क्रिकेट एकेडेमीमा क्रिकेट, प्रेरणा र संवाद: डिसिएमा अभिभावक भेटघाट कार्यक्रम सम्पन्न

धनगढी। धनगढी क्रिकेट एकेडेमी (डिसिए) मा शनिबार एक विशेष अभिभावक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। एकेडेमीमा प्रशिक्षणरत खेलाडीहरूका अभिभावक, प्रशिक्षकहरू […]

पाँचपोखरी टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

काठमाडौं। सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतिायेगितामा समूह ‘ए’ […]