पवनको उत्कृस्ट ब्याटिंगमा नेपालले बनायो १८९ रन

Pawan Sarraf
  • विकेटनेपाल,भदौ ३१ 

भारतको लखनउमा जारि चौकोणीय यु-१९ एकदिवसीय सिरिज अन्तर्गत नेपालले आफ्नो तेश्रो खेलमा आइतबार अफगानिस्थान यु-१९ को सामना गर्दैछ।

टस हारेर ब्याटिंगको निम्तो पाएको नेपाली युवा टोलीले अफगानिस्तान यु-१९ बिरुद्ध ४९.३ ओभरमा सबै विकेट गुमाएर १८९ रन जोडेको छ। नेपालको इनिंगलाई सम्मानजनक स्कोरसम्म पुर्याउन पवन सर्राफले सर्वाधिक अविजित ७८ रनको योगदान गरे।

कुनै समय ९०/६ को अवस्थामा रहेको नेपालको ब्याटिंगलाई पवनले पछिल्लो क्रमका ब्याट्सम्यानहरुसंग साझेदारी गर्दै १८९ रनसम्म पुर्याए। ९६ बलको सामना गरेका सर्राफले १० चौका र १ छक्का प्रहार गरे।

Pawan Sarraf
Pawan Sarraf – File Photo

पवनलाई साथ दिने क्रममा राशिद खानले व्यक्तिगत २४ तथा भिम शार्कीले व्यक्तिगत १३ रनको योगदान गरे। यसअघि ओपनर त्रित राज दास(४) र आसिफ शेख (३) लाई सस्तैमा गुमाएको नेपालका लागि अरुण ऐरी (०) ले समेत योगदान गर्न विफल रहे।

पछिल्लो खेलमा भारत यु-१९ ‘ए’ बिरुद्ध उत्कृस्ट ब्याटिंग गरेका सुन्दिप जोराले भने २८ तथा लोकेश बमले १६ रनको योगदान गर्दै दुवै ब्याट्सम्यान अबिद मोहम्मदीको शिकार बनेका थिए।

अफगानिस्तान यु-१९ को बलिंगमा नविद कबिरले सर्वाधिक ३ विकेट लिए। कबिरले नेपाली ब्याटिंग क्रमका शिर्ष ब्याट्सम्यानहरु त्रित राज दास, आसिफ शेख र अरुण ऐरीलाई टोलीको खातामा मात्र ७ रनहुँदा पभेलियनको बाटो देखाएका थिए। यस्तै अबिद मोहम्मदी र अरिफ दव्लतजाईको नाममा समान २-२ विकेट रह्यो।

सिरिज अन्तर्गत पहिलो २ खेलमा भारत यु-१९ ‘ए’ र ‘बि’ संग पराजित भएको नेपाली युवा टिम सामु अर्को टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्ने अवसर रहेको छ भने अफगानिस्तान पनि पहिलो जितको पर्खाईमा रहेको छ।





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]