पवन सर्राफको उत्कृस्ट बलिङ्ग, काठमाडौँद्वारा ललितपुरलाई ११० रनको लक्ष्य

२०७५ मंसिर २६, बुधबार १४:३८

Pawan Sarraf
  • विकेटनेपाल, मङ्सिर-२६ , बुधबार 

अफ स्पिनर पवन सर्राफले उत्कृस्ट बलिङ्ग गरे पछि इपिएल अन्तर्गत जारि खेलमा टस जितेर पहिले ब्याटिंग गरेको सोमपाल कामि कप्तानीको काठमाडौँ किंग्स ११ ले १९.५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्रै बनाउन सकेको छ।

टस जितेर ब्याटिंग गर्ने क्रममा काठमाडौँले निकै खराब सुरुवात गरेको थियो। ओपनर सागर पुन ( ० )  पहिलो ओभरमै राशिद खानको बलमा क्याच आउट भए भने त्यस लगत्तैको ओभमा तेश्रो नम्बरमा आएका नरेश बुढायर ( ० ) रन आउट हुन पुगे। अर्का ओपनर अमित श्रेष्ठ पनि सन्नी पटेलको बलमा चौथो ओभरमा ६ रन बनाएर एलबिडब्लु आउट भए।

त्यसपछि चौथो विकेटको लागि आयरल्याण्ड राष्ट्रिय क्रिकेटर समेत रहेका केभिन ओ ब्रायन र राजु रिजालले २९ रनको साझेदारी गरे पनि राजु ८ रन बनाएर सातौँ ओभरमा योगेन्द्र कार्कीको बलमा विकेटकिपरबाट समातिन पुगे। त्यसपछि ब्याटिंग गर्न आएका भारतीय खेलाडी सुब्रमन्यन आनन्दले पनि ९ रन भन्दा बढी बनाउन सकेनन् र पवन सर्राफको बलमा क्याच आउट भए।

Kevin O Brian
Kevin O Brian

पवन सर्राफले लगातार विकेट लिने क्रममा आक्रामक ब्याटिंग गरिरहेका केभिन ओ ब्रायनलाई क्याच आउट गराए। ४२ रन बनाएका ब्रायनले ३३ बलमा २ छक्का र ३ चौका प्रहार गरे। सर्राफ त्यतिमै रोकिएनन् र प्रदिप शाहुलाई खाता नखोल्दै पेभेलियनको दिशा देखाए।

१८ ओभरमा ९०/८ को नाजुक स्थितिमा पुगेको काठमाडौँलाई अन्तिममा सिद्धान्त लोहनीले केहि आक्रामक सट खेल्दै योगफल १०० पार गराए। १ छक्का र १ चौका प्रहार गरेका लोहै १९ औं ओभरमा २५ बलमा २१ रन बनाएर योगेन्द्र सिंह कार्कीको बलमा आउट हुनपुगे।

अन्तिममा संसाद शेखले १०, जितेन्द्र मुखिया ४ बनाएर आउट भए भने चन्द्र पौडेल २ रन बनाएर अविजित रहे।

फलस्वरूप काठमाडौँले १९.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०९ रन बत्रै बनाउन सक्यो।

ललितपुरको बलिङ्गमा अफ स्पिनर पवन सर्राफले सर्वाधिक ३ विकेट लिन ४ ओभरमा २२ रन खर्चिए। यस्तै मध्यम तेज गति बलर योगेन्द्र सिंह कार्कीले २ विकेट ( ४-०-२८-२ ) तथा ओपनिङ्ग पेस बलर राशिद खानले २ विकेट ( ३.५-०-१७-२ ) लिए। लेग स्पिनर सन्नी पटेलले १ विकेट लिन ४ ओभरमा १९ रन खर्चिए। ४ ओभरमा २२ रन खर्चेका ललित राजबंशीले विकेट लिन सकेनन्।

Pawan Sarraf
Pawan Sarraf

प्रतियोगितामा यस अघि १ मात्र खेल खेल्ने क्रममा काठमाडौँ किंग्स ११ ले चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको थियो। उता ललितपुर प्याट्रीएट्सले लिगमा यस अघि ३ खेल खेल्दा २ जित र १ हार बेहोरेको छ। त्यस क्रममा प्याट्रीएट्सले पोखरा राइनोज र चितवन टाइगर्सलाई पराजित गरेको थियो भने लिगको पहिलो खेलमा बिराटनगर वारियर्ससंग पराजित भएको थियो।

Kevin O Brian
Kevin O Brian

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy