पन्जाब किंग्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्स आईपीएल अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ।
नरेन्द्र मोदी स्टेडियम अहमदावादमा सम्पन्न लिगको २९ औं खेलमा पन्जाबले दिएको १६७ रनको लक्ष्य दिल्लीले १४ बल बाँकी रहँदै मात्र ३ विकेट गुमाएर पुरा गर्यो।
लक्ष्य पछ्याउने क्रममा दिल्ली ओपनर पृथ्वी श र शिखर धवनले ६३ रनको साझेदारी गरे। २२ बलमा ३ चौका र ३ छक्का मद्दतले ३९ रन बनएका शलाई सातौँ ओभरमा हरप्रित ब्रारले बोल्ड गरे।
धवनले दोश्रो विकेटको लागि स्टिभ स्मिथले ४८ रन जोडे। २४ रन बनाएका स्मिथलाई राइली मेरेडीथले १३ औं ओभरमा क्याच आउट गराए। धवनसंग ३६ रनको साझेदारी पछि १४ रन बनाएर कप्तान रिशभ पन्त १७ औं ओभरमा क्रिस जोर्डनबाट क्याच आउट भए। त्यसपछि शिमरन हेटमायरले आक्रामक सटहरु खेल्दै टिमलाई जितसम्म डोर्याए। हेटमायरले ४ बलमा २ छक्का र १ चौका मद्दतले अविजित १६ रन बनाए।
शिखर धवनले अविजित ६९ रन बनाए जुन क्रममा ४७ बलमा ६ चौका र २ छक्का प्रहार गरे।
पन्जाबको बलिंगमा क्रिस जोर्डन ( २-०-२१-१ ) , हरप्रित ब्रार ( ३-०-१९-१ ) , राईली मेरेडीथले ( ३.४-०-३५-१ ) समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट क्षेतीमा १६६ रन बनाएको थियो।
पन्जाबको लागि कप्तान तथा ओपनर मायाँक अग्रवालले सर्वाधिक अविजित ९९ रन बनाए जुन क्रममा ५८ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। दवीड मलानले २६, क्रिस गेलले १३ तथा प्रभसिमरन सिंहले १२ रन बनाए।
दोश्रो आईपीएल शतकबाट चुकेका अग्रवाल आईपीएल इतिहासमा ९९ रनमा अविजित रहने सुरेश रैना ( २०१३ ) र क्रिस गेल ( २०१९ ) पछि तेश्रो खेलाडी हुन्।
दिल्लीको बलिंगमा कागीसो रबाडाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभर बलिंग गर्दा ३ विकेट लिए। अक्षर पटेल ( ४-०-२१-१ ) र आभेस खान ( ४-०-३९-१ ) ले समान १ विकेट लिए।
अंकतालिका

जितपछि दिल्ली चेन्नाईलाई पछि पार्दै लिग अंकतालिकाको शिर्ष स्थानमा पुगेको छ। दील्लीले ८ खेल खेल्दा ६ जित र २ हार बेहोर्दै १२ अंक बटुलेको छ। दोश्रो स्थानमा रहेको चेन्नाई र तेश्रो स्थानमा रहेको बैंगलोरको समान १० अंक रहेको छ। हारपछि पन्जाब भने छैठौं स्थानमा यथावत रहेको छ। पन्जाबले ८ खेलमा ३ जित र ५ हार बेहोर्दै ६ अंक बटुलेको छ।
दिल्लीले आगामी खेल शनिवार कोलकाता बिरुद्ध तथा पन्जाबले बिह्बर बैंगलोरसंग खेल्ने तालिका रहेको छ।
धेरैले पढेको
https://wicketnepal.com/rr-vs-srh-m28-report-wn21/
https://wicketnepal.com/harpreet-baar-stry-wn21/
https://wicketnepal.com/sunam-brisbane-p-l-chanot-wn21/
