डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीयन्सलाई ९ विकेटले पराजित गर्दै पन्जाबले १४ औं आईपीएलमा दोश्रो जित दर्ता गरेको छ।
चेन्नाईको एमए चिदम्बरम स्टेडियममा मुम्बईले दिएको १३२ रनको लक्ष्य पन्जाबले मात्र १ विकेट गुमाएर १७.४ ओभरमा पुरा गर्यो।
लक्ष्य पछ्याउने क्रममा पन्जाब ओपनर केएल राहुल र मायाँक अग्रवालले ५३ रनको साझेदारी गरे। २५ रन बनाएका अग्रवालले आठौँ ओभरमा राहुल चाहरबाट क्याच आउट भए।
दोश्रो विकेटको लागि राहुल र क्रिस गेलले अर्धशतकीय साझेदारी गर्दै योगफल १ सय पार गराए। मुस्किल पिचमा दुवैले समझदारीपुर्वक ब्याटिंग गरे र विकेट दिएनन्।
गेल र राहुलले दोश्रो विकेटको लागि अविजित ७९ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए। राहुलले अविजित ६० रन बनाए जुन क्रममा ५२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। गेलले ३५ बलमा ५ चौका र २ छक्का मद्दतले अविजित ४३ रन बनाए।
मुम्बईको बलिंगमा एउटा मात्र विकेट राहुल चाहरले लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३१ रन बनाएको थियो।
मुम्बईको सुरुवात राम्रो हुन सकेन। क्विन्टन डीकक ३ रन तथा इशान किशन ६ रन बनाएर आउट भए। कप्तान रोहित शर्माले तेश्रो विकेटको लागि सूर्यकुमार यादवसंग ७९ रनको साझेदारी गरे।
२७ बलमा ३३ रन बनाएका यादवलाई १७ औं ओभरमा र्रभी बिस्नोईले क्याच आउट गराए। लगत्तै ओभरमा रोहितलाई मोहम्मद शामीले फाबीयन एलेनमार्फत क्याच आउट गराए। रोहितले ५२ बलमा ५ चौका र २ छक्का मद्दतले ६३ रन बनाए।
इनिंग्सको अन्तिममा पनि मुम्बई रन गति बढाउन असफल रह्यो र निरन्तर विकेट गुमाई रह्यो। हार्दिक पान्ड्या १ रन तथा क्रुनाल पान्ड्या ३ रन बनाएर आउट भए। काईरन पोलार्डले अविजित १६ रन बनाए जुन क्रममा १२ बलमा १ छक्का प्रहार गरे।
इनिंग्सको अन्तिम ५ ओभरमा मुम्बईले ३४ रन बनाउदा ४ विकेट गुमाउन पुग्यो।
सिजनमा पहलो खेलमा मौका पाएका लेग स्पिनर रभी बिस्नोईले ४ ओभरमा मात्र २१ रन खर्चेर २ विकेट लिए। मोहम्मद शामीले पनि २ विकेट लिने क्रममा ४ ओभरमा २१ रन खर्चिए। दिपक हुडा र अर्शदिप सिंहले समान १ विकेट लिए।
जितपछि पन्जाब ५ खेलमा दोश्रो जित दर्ता गर्दै अंकतालिकाको पाँचौ स्थानमा उक्लेको छ। समान अंक रहेको मुम्बई नेट रन रेटमा अघि रहँदै चौथो स्थानमा यथावत रहेको छ।
यो पनि पढ्नुस
https://wicketnepal.com/zim-1st-win-over-pak-t20/
https://wicketnepal.com/abinash-mom-vs-mal-wn21/
https://wicketnepal.com/hanchu-bhaneko-thiye-ramro-ball-paryo/
