पिसिबीले कोभिड-१९ टेस्ट गरेबापत पैसा खेलाडीहरुलाई तिर्न लगाउने

पाकिस्तानमा यो महिनाको अन्तिममा राष्ट्रिय टि-२० च्याम्पियनसिप प्रतियोगिता सुरु हुँदैछ। प्रतियोगिता सुरु हुनु अघि पाकिस्तान क्रिकेट बोर्डले ( पिसिबी ) ले त्यस्तो निर्णय गरेको छ जसको सर्वत्र आलोचना गरेको छ। यो टि-२० च्याम्पियनसिपमा खेल्ने खेलाडी, म्याच अफिसियल र प्रतियोगितासंग जोडिने सबैलाई कोभिड-१९ जांच गर्नुपर्ने बताएको छ। अचम्मित पार्ने कुरा के छ भने पिसिबीले २४० खेलाडीहरु लगायत अन्य सबैले कोभिड-१९ टेस्टको लागि खर्च स्वयम्ले बेहोर्नुपर्नेछ।

पिसिबीले रावलपिण्डी र मुल्तानमा ३० सेप्टेम्बरमा सुरु हुने प्रतियोगिता ( राष्ट्रिय टि-२० च्याम्पियनसिप ) मा खेल्नु अघि सबैलाई टेस्ट अनिवार्य गरेको छ। सबैले २ पटक कोरोना टेस्ट गराउनु पर्नेछ जसको रिपोर्ट नेगेटिभ आएपछि मात्रै प्रतियोगितामा सहभागी हुन पाइनेछ। यस अघि पाकिस्तानको इंग्ल्यान्ड भ्रमण अघि भने पाकिस्तान बोर्डले सबै ४२ खेलाडीहरुको कोभिड-१९ टेस्ट आफैले गराएको थियो।

यो पनि पढ्नुस :-

ललितलाई सहयोग गर्न सिप्यानको अपिल , यसरी गर्नुस सहयोग

IPL : सबैभन्दा धेरै छक्का प्रहार गर्ने ६ खेलाडी

यस्तो छ यो सिजन IPL मा कमेन्टेटरहरुको सूची, छैनन् मंज्रेकर

युएई पुगेका सन्दिपलाई टिमले यसरी गर्यो स्वागत, पहिलो खेल गुमाउने निश्चित

आईपीएलमा यी ४ वटा रेकर्ड नजिक छन् रोहित





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]