आर्मीलाई पराजित गर्दै रुपन्देहीद्वारा फाइनलमा मलेसियासंग भेट पक्का

२०७९ बैशाख १, बिहीबार १७:३७

मलेसिया क्लब-११ र रुपन्देही क्रिकेट संघ-११ भैरहवामा जारि प्रो क्लब च्याम्पियनसिपको फाइनल पुगेका छन्।

मलेसियाले पहिलो सेमीफाइनलमा उत्तर प्रदेश-११ लाई तथा रुपन्देहीले नेपाल आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। फाइनल खेल शनिवार हुनेछ।

सिद्धार्थ रंगशालामामा सम्पन्न पहिलो सेमीफाइनलमा मलेसियाले उत्तर प्रदेश-११ लाई १४ रनले पराजित गर्यो। ढिला सुरु भएका कारण ५/५ ओभरमा झारिएको खेलमा ४५ रनको लक्ष्य पछ्याएको उत्तर प्रदेशले ५ ओभरमा ४ विकेट क्षेतीमा ३० रन मात्र बनायो। मलेसियाको जितमा ब्याटिंगतर्फ सयद अजिजले २३ र भिरनदिप सिंहले २० रन तथा बलिंगमा भिरनदिप सिंहले २ विकेट तथा सयद अजिज र विजय उन्नी ले १/१ विकेट लिए।


दोस्रो सेमीफाइनलमा नेपाल आर्मी क्लबलाई रुपन्देही-११ ले ६ विकेटले पराजित गर्यो। आर्मीले दिएको १०४ रनको लक्ष्य रुपन्देहीले १७.३ ओभरमा ४ विकेट क्षतिमा भेटायो।

रुपन्देहीको ब्याटिंगमा बसिर एहमदले ४५ रन योगदान दिए जुन क्रममा ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। सन्दिप रजालीले अविजित १९, बिशाल बिक्रम केसीले १३ तथा सौरभ खनालले १० रन बनाए। बसिरले चौंथो विकेटको लागि सन्दिपसंग ७० रनको साझेदारी गर्दै जितको आधार तयार गरे। आर्मीका बलर बिक्रम सोबले ३ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको आर्मीले १९.४ ओभरमा १०३ रन बनायो। उसको लागि रोहित पौडेलले ३६, हरि चौहानले १७ तथा राजेश पुलामीले १३ रन बनाए। ६४ रनमा १ विकेट गुमाएको अवस्थाबाट आर्मीले लगातार विकेट गुमायो। रुपन्देहीको बलिंगमा बसिर एहमद र रुपेश कुर्मीले २/२ तथा कृष्ण कार्की र बिक्रम भुसालले १/१ विकेट लिए।

यो पनि पढ्नुस :-

आईसीसी वरियतामा दीपेन्द्रको ऐतिहासिक फड्को

ग्रेट हिमालय क्रिकेट एकेडेमीमा श्रीलंकन प्रशिक्षक नियुक्त

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy