आर्मीलाई पराजित गर्दै रुपन्देहीद्वारा फाइनलमा मलेसियासंग भेट पक्का

मलेसिया क्लब-११ र रुपन्देही क्रिकेट संघ-११ भैरहवामा जारि प्रो क्लब च्याम्पियनसिपको फाइनल पुगेका छन्।

मलेसियाले पहिलो सेमीफाइनलमा उत्तर प्रदेश-११ लाई तथा रुपन्देहीले नेपाल आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। फाइनल खेल शनिवार हुनेछ।

सिद्धार्थ रंगशालामामा सम्पन्न पहिलो सेमीफाइनलमा मलेसियाले उत्तर प्रदेश-११ लाई १४ रनले पराजित गर्यो। ढिला सुरु भएका कारण ५/५ ओभरमा झारिएको खेलमा ४५ रनको लक्ष्य पछ्याएको उत्तर प्रदेशले ५ ओभरमा ४ विकेट क्षेतीमा ३० रन मात्र बनायो। मलेसियाको जितमा ब्याटिंगतर्फ सयद अजिजले २३ र भिरनदिप सिंहले २० रन तथा बलिंगमा भिरनदिप सिंहले २ विकेट तथा सयद अजिज र विजय उन्नी ले १/१ विकेट लिए।


दोस्रो सेमीफाइनलमा नेपाल आर्मी क्लबलाई रुपन्देही-११ ले ६ विकेटले पराजित गर्यो। आर्मीले दिएको १०४ रनको लक्ष्य रुपन्देहीले १७.३ ओभरमा ४ विकेट क्षतिमा भेटायो।

रुपन्देहीको ब्याटिंगमा बसिर एहमदले ४५ रन योगदान दिए जुन क्रममा ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। सन्दिप रजालीले अविजित १९, बिशाल बिक्रम केसीले १३ तथा सौरभ खनालले १० रन बनाए। बसिरले चौंथो विकेटको लागि सन्दिपसंग ७० रनको साझेदारी गर्दै जितको आधार तयार गरे। आर्मीका बलर बिक्रम सोबले ३ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको आर्मीले १९.४ ओभरमा १०३ रन बनायो। उसको लागि रोहित पौडेलले ३६, हरि चौहानले १७ तथा राजेश पुलामीले १३ रन बनाए। ६४ रनमा १ विकेट गुमाएको अवस्थाबाट आर्मीले लगातार विकेट गुमायो। रुपन्देहीको बलिंगमा बसिर एहमद र रुपेश कुर्मीले २/२ तथा कृष्ण कार्की र बिक्रम भुसालले १/१ विकेट लिए।

यो पनि पढ्नुस :-

आईसीसी वरियतामा दीपेन्द्रको ऐतिहासिक फड्को

ग्रेट हिमालय क्रिकेट एकेडेमीमा श्रीलंकन प्रशिक्षक नियुक्त

 





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]