पोखरा क्रिकेट मैदानको काम द्रुत गतिमा अघि बढ्ने , पारस सहित मुख्यमन्त्रिको निरिक्षण

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ मा पोखराको क्रिकेट मैदानको पूर्वाधार निर्माण गर्न २ करोड बिनियोजन गरे पछि सरकारले फाष्ट ट्रयाकमा काम अघि बढाउन चासो देखाएको छ ।

पोखरा प्रिमयर लिगको दोश्रो संस्करणको तयारी र १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा समेत क्रिकेट पोखरामा गर्न सकिने बारेको अध्ययनका लागि पोखरा पुगेका नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खडका, उपकप्तान ज्ञानेन्द्र मल्ल, पोखरा प्रिमियर लिग आयोजक संस्था क्विन्स इभेन्टका प्रवन्ध निर्देशक छुम्वी लामा, सहितको टोलीले बिहिबार मुख्यमन्त्रि गुरुङलाई भेटे पछि मुख्य मन्त्रि गुरुङ सहितको टोलीले क्रिकेट मैदानको निरिक्षण गरेको हो ।

पोखरा रंगशालाको उक्त क्रिकेट खेल मैदान निर्माण गर्न संघिय सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा ३ करोड र प्रदेश सरकारले २ करोड बिनियोजन गरेको छ।

मुख्यमन्त्रि गुरुङले प्रदेश सरकारले बिनियोजन गरेको रकमलाई फाष्ट ट्रायकमा कसरी काम सम्पन्न गर्न सकिन्छ भन्ने बारे सबैको परामर्श लिएको निरिक्षण टोली मध्येका एक नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष पौडेलले बताए । उनले भने–‘मिलेसम्म १३ औं साग क्रिकेट पोखरामा नै आयोजना गर्ने भन्ने बारे पनि छलफल भएको छ ।’

क्रिकेट मैदानमा अवश्यक चेन्जिङ रुम, सुविधा सम्पन्न शौचालय र बाथरुम पहिलो फेजमा निर्माण गर्नुपर्ने कुरा निरिक्षणका क्रममा औंल्याइएको अध्यक्ष पौडेलले बताउँदै भने–‘यदि हामीले त्यती सम्म हालका लागि बनाउन सक्यौं भने १३ औं सागको क्रिकेट पनि पोखरामा गर्ने वातावरण बन्न सक्छ, तर काम भने फाष्ट ट्रयाकमा सक्नुपर्छ ।’

गण्डकी प्रदेश सभा सदस्य दिप कोरालाले पोखरा प्रिमियर लिग अगाडी तयार हुने गरि काम थाल्न आग्रह गरिएकोमा मुख्य मन्त्रि सकारात्मक रहेको बताउनु भयो।

( साभार – पोखरास्पोर्ट्स, फोटो – सुदर्शन रंजित )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy