पर्थलाई बिग ब्यास लिगको उपाधि

एघारौं सिजनको बिग ब्यास लिगको उपाधि पर्थ स्करचर्सले जितेको छ। पर्थले चौंथो पटक उपाधि आफ्नो नाम गरेको हो। पर्थ यस अघि २०१३/१४, २०१४/१५, २०१६/१७ सिजनको विजेता बनेको थियो।

मेलबर्नको डकल्यान्ड्स स्टेडियममा पर्थले सिड्नी सिक्सर्सलाई ७९ रनले पराजित गर्यो जुन क्रममा पर्थले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा सिड्नीले १६.२ ओभरमा ९२ रनमै समेटियो।

लक्ष्य पछ्याउने क्रममा सिड्नी ब्याट्सम्यान ड्यानियल ह्युज्सले सर्वाधिक ४२, निकोलस बेर्टसले १५ तथा जे लेन्टनले १० रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। ६२ रनमा ३ विकेट गुमाएको सिड्नीले थप ३० रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

पर्थको बलिंगमा दायाँ हाते पेसर एन्ड्रयु टाईले सर्वाधिक तिन विकेट ( ३-०-१५-३ ) लिए। झाई रिचर्डसनले दुई विकेट तथा जेसन बेर्हनडर्फ, एस्टन टर्नर, पिटर ह्याटजोग्लु र एस्टन एगरले समान एक विकेट लिए।

टस हारेर ब्याटिंग गरेको पर्थले २० ओभरमा ६ विकेट क्षेतीमा १७१ रन बनाएको थियो। २५ रनमा ४ विकेट गुमाएको अवस्थाबाट एस्टन टर्नर र लौरी इभान्सले शतकीय ( १०४ रन ) साझेदारी गरे। इभान्सले ४१ बलमा ४ चौका र ४ छक्का मद्दतले अविजित ७६ रन तथा टर्नरले ३५ बलमा ४ चौका र १ छक्का मद्दतले ५४ रन बनाए।

सिड्नी बलर स्टिभ ओकिफ र नाथन लायनले समान दुई विकेट तथा ज्याकसन बर्ड र हेडन केरले समान एक विकेट लिए।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]