२१ फोटोमा हेर्नुस, नेपालको टि-२० बिश्वकप एसिया छनौटको तयारी

  • विकेटनेपाल,असोज -८, सोमबार 

मलेसियामा अक्टोबर ३ देखि सुरु हुने टि-२० बिश्वकप एसिया उप-क्षेत्रिय छनौट ( पूर्वी ) प्रतियोगितामा सहभागिता जनाउने नेपाली क्रिकेट टिम यतिबेला टियु क्रिकेट मैदान किर्तिपुरमा अभ्यासमा व्यस्त छ। अक्टोबर ३ देखि सुरु हुने प्रतियोगितामा नेपाल सहित आयोजक मलेसिया, सिंगापुर,भुटान, थाईल्याण्ड, म्यानमार रहेका छन्।

१८ जना खेलाडीहरु समाबेस गर्दै गत हफ्ता बिहिबार देखि बन्दसत्र सुरु भएको हो। यो हफ्ता अभ्यास गरेपछि अन्तिम १४ जनाको टिम घोषणा गर्दै टोलि अक्टोबर १ तारिकमा मलेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

सेप्टेम्बर २९ देखि बंगलादेशमा सुरु हुने यु-१९ युथ एसिया कपमा सहभागी हुने अन्डर-१९ टिम पनि टियु मैदानमा अभ्यास गरिरहेको छ जसकारण पालो-पालो गर्दै एकै मैदानमा दुवै टिम अभ्यास गरिरहेको छ। सोमबार बिहान १० देखि दिउसो १:३० सम्म सिनियर टिमले अभ्यास गर्यो भने त्यसपछि युवा टिमले अभ्यास गर्यो।

Sagar Pun
Sagar Pun
Sunil Dhamala
Sunil Dhamala

सोमबारको अभ्यासमा टिमले नेटमा ब्याटिंग र बलिङ्ग , फिल्डिंग र फिट्नेस सेसन गर्यो। टिमको अभ्यासमा सघाउन १८ सदस्यीय टिममा नरहेका तिब्र गति बलरहरु रामनरेश गिरि र अविनाश बोहरा पनि मैदानमा रहेका थिए।

Shahab Alam
Shahab Alam
Dipesh Shrestha
Dipesh Shrestha

नेपालले आफ्नो पहिलो खेलमा अक्टोबर ३ तारिकमा म्यान्मारको सामना गर्नेछ। यस्तै दोस्रो खेल मलेसिया बिरुद्ध अक्टोबर ६ तारिकमा, तेस्रो खेल अक्टोबर ७ तारिकमा थाइल्याण्ड बिरुद्ध, चौथो खेल अक्टोबर ९ तारिकमा भुटान बिरुद्ध, पाँचौ खेल अक्टोबर १० तारिकमा चिन बिरुद्ध र अन्तिम तथा छैठौं खेल अक्टोबर १२ तारिकमा सिंगापुर बिरुद्ध खेल्ने तालिका रहेको छ।

Paras Khadka
Paras Khadka

प्रतियोगिताबाट शिर्ष ३ टोलि एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि अगाडी बढ्नेछन्। एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि यसअघि नै एसिया “ए” उप-क्षेत्रबाट ( पश्चिमी ) युएई, कुवेत र कतार छनौट भैसकेका छन्। पूर्वी र पश्चिमी क्षेत्रको छनौटबाट छानिएका ३/३ देशले क्षेत्रीय छनौट प्रतियोगिता खेल्नेछन् जसबाट उत्कृस्ट २ टिमले टि-२० बिश्वकपको ग्लोबल छनौट खेल्नेछन्।

Dipendra Airee
Dipendra Airee
Dipendra Airee
Dipendra Airee

ग्लोबल छनौटमा आईसीसीको वरियतामा २०१८ डिसेम्बरसम्म ११ देखि १६ नम्बरमा रहेका टिम र बिभिन्न क्षेत्रबाट उत्कृस्ट भएर आएका ८ टिमले गरि कुल १४ टिमले प्रतिस्पर्धा गर्नेछन्। आईसीसीको टि-२० वरियतामा उत्कृस्ट ९ टिम र आयोजक अस्ट्रेलिया गरि १० टिम टि-२० बिश्वकप खेल्न स्वतः छनौट हुनेछन् भने ग्लोबल टि-२० बिश्वकप छनौटबाट उत्कृस्ट ६ टिम गरि कुल १६ टिम टि-२० बिश्वकप खेल्ने छन्।

Sharad Vesawkar
Sharad Vesawkar

१८ सदस्यीय नेपाली टिम : पारस खड्का ( कप्तान ) , अनिल साह , बसन्त रेग्मी ,बिनोद भण्डारी, दिपेन्द्र ऐरि, दिपेश श्रेष्ठ, ज्ञानेन्द्र मल्ल, करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, प्रदिप ऐरि , सागर पुन, सन्दिप लामिछाने, शाहब आलम , शरद भेसावकर, सोमपाल कामि, सुनिल धमला

Binod Bhandari
Binod Bhandari
Binod Bhandari
Binod Bhandari

Pradeep Airee
Pradeep Airee
Dipesh Shrestha
Dipesh Shrestha
Pradeep Airee
Pradeep Airee

Basant Regmi
Basant Regmi
Aarif Sheikh
Aarif Sheikh

 





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]