पिताको बाटोमा अर्जुन तेन्दुलकर, रन्जी डेब्युमै बनाए शतक

पिताकै बाटो पछ्याउने क्रममा सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरले रन्जी ट्रफीको डेब्युमा शतक बनाएका छन्।

२३ वर्षीय देब्रे हाते ब्याट्सम्यान अर्जुनले प्रथम श्रेणी डेब्युमा गोवाको प्रतिनिधित्व गर्दै राजस्थान विरुद्ध शतक बनाएका हुन्।  ३४ वर्ष अघि डिसेम्बर १९८८ मा अर्जुनका पिता सचिनले पनि रन्जी ट्रफी डेब्युमै शतक बनाएका थिए।

सातौँ नम्बरमा ब्याटिंग गरेका अर्जुनले सुयश प्रभुदेसाईसंग दोहोरो शतकीय साझेदारी गरेका थिए। ८२ औं ओभरमा ब्याटिंग गर्न आएका उनले १४४ औं ओभरमा आउट हुनु अघि २०७ बलमा १६ चौका र २ छक्का मद्दतले १२० रन बनाए। उनलाई राजस्थानका फास्ट बलर कमलेश नगरकोटीले कट एण्ड बोल्ड गर्दै पेभेलियन फर्काए।

गोवामा जारि चार दिने टेस्टको दोश्रो दिन समाप्तिमा गोवाले पहिलो इनिंग्समा ८ विकेट क्षेतीमा  ४९३ रन बनाएको छ। गोवाका सुयश प्रभुदेसाईले २१२ रन बनाए।

मुम्बईबाट रन्जी खेल्ने मौका नपाएका अर्जुनले यो सिजन गोवाबाट खेल्ने निर्णय लिएका थिए। उनले मुम्बईको उमेर समुह क्रिकेटमा यु-१४, यु-१६ र यु-१९ टिमको प्रतिनिधित्व गरिसकेका छन्।

डिसेम्बर पहिलो साता सम्पन्न विजय हजारे ट्रफीमा पनि गोवाको प्रतिनिधित्व गरेका देब्रे हाते फास्ट बलर अर्जुनले ७ खेलमा ८ विकेट लिंदै टिमको सर्वाधिक विकेटकर्ता रहेका थिए। आईपीएल टिम मुम्बई इन्डीएन्समा रहेता पनि अर्जुनले आईपीएल देबु भने गरेका छैनन्।

२०१३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका सचिन १०० अन्तर्राष्ट्रिय शतक बनाउने एकमात्र क्रिकेटर हुन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy