आईपीएल कमेन्ट्रि छोडेर लन्डन फर्किए केभिन पिटरसन, जान्नुस कारण

युएईमा जारि इन्डियन प्रिमियर लिग २०२० को कमेन्ट्रि प्यानलका हिस्सा रहेका पुर्व इंग्ल्यान्ड कप्तान केभिन पिटरसन कमेन्ट्रि छोडेर घर लण्डन फर्केका छन्। पिटरसनले यो निर्णय आफ्नो बच्चाहरुसंग समय बिताउनको लागि लिएका हुन्। कमेन्ट्रि गर्नु अघि आईपीएलमा बिभिन्न ४ टिमको लागि खेलेका पिटरसन लन्डन पुगी सकेका छन्।

पिटरसनको श्रीमती गायिका जेसिका टेलर हुन् र उनीहरुको २ वटा बच्चाहरु छन्। पिटरसनले ट्वीट गर्दै लेखेका छन् – “मैले आईपीएल छाडेको छु। मेरो बच्चाको स्कुल छुट्टि भएको छ त्यसैले म उनीहरुको साथमा घरमा रहन चाहन्छु। यो वर्ष अनौठो रह्यो, त्यसैले अब उनीहरुको छुट्टि हुँदा सबै दिन उनीहरुसंग बिताउन चाहन्छु।”

पिटरसनले बिहिबार किंग्स-११ पन्जाब र रोयल च्यालेन्जर्स बैंगलोर बीचको खेलमा कमेन्ट्रि गरेका थिए। लिगको सबैभन्दा चर्चित कमेन्टेटरलाई फ्यानहरुले पक्कै बाँकी सिजन याद गर्नेछन्।

मोर्गन कोलकाताको नयाँ कप्तान, अचानक किन छाडे दिनेश कार्तिकले कप्तानी

IPL : डी भिल्लीयर्सलाई नम्बर ६ मा किन पठाइयो ? कोहलीले के भने

बैंगलोर बिरुद्ध शानदार प्रदर्शन पछि गेलको प्रतिक्रिया – “युनिभर्स बोस ब्याटिंग गर्दैछ, कसरि नर्भस हुनसक्छु”

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy