IPL : पन्जाबलाई हराउंदै दिल्ली चौंथो स्थानमा

पन्जाब किंग्सलाई १७ रनले पराजित गर्दै दिल्ली बैंगलोरलाई पछि पार्दै आईपीएल अंकतालिकाको चौंथो स्थानमा उक्लेको छ।

मुम्बई स्थित डीवाई पाटिल स्टेडियममा दिल्लीले दिएको १६० रनको लक्ष पछ्याएको पन्जाबले पुरै २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षतिमा १४२ रन मात्र बनायो। प्रतियोगितामा पहिलो पटक दिल्लीले लगातार २ खेलमा जित हात पारेको हो।

लक्ष पछ्याउने ओपनर जोनी बेयरस्टो २८ तथा शिखर धवन १९ रन बनाएर आउट भएपछि पन्जाबले लगातार विकेट गुमायो। छैठौं ओभरमा शार्दुल ठाकुरले धवन र भानुका राजापक्षको विकेट लिए। लियाम लिभिंगस्टोन र मायाँक अग्रवाल पनि आउट भएपछि पन्जाब १३ औं ओभरमा ८२ /७ को अवस्थामा पुग्यो।

आठौँ विकेटको लागि विकेटकिपर ब्याट्सम्यान जितेश शर्माले राहुल चाहरसंग ४१ रनको साझेदारी गरे। ४४ रन बनएका जितेशलाई शार्दुल ठाकुरले अठारौं ओभरमा क्याच आउट भए। त्यसपछि चाहरले अविजित २५ रन बनाएता पनि जित्न पर्याप्त रहेन।

दिल्लीको बलिंगमा शार्दुल शार्दुल ठाकुरले सर्वाधिक ४ विकेट हात पारे। ४ ओभरमा ३६ रन खर्चेका ठाकुरको यो आईपीएल इतिहासकै व्यक्तिगत उत्कृस्ट स्पेल हो। अक्षर पटेल र कुलदिप यादवले २/२ तथा एनरिक् नोर्कियाले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ७ विकेट क्षतिमा १५९ रन बनायो।

दिल्लीको लागि मिचेल मार्शले सर्वाधिक ६३, सरफराज खानले ३२, ललित यादवले २४ तथा अक्षर पटेलले अविजित १७ रन बनाए। डेभिड वार्नर पहिलो बलमै आउट भएपछि मार्शले सरफराजसंग ५१ रनको तथा ललित यादवसंग ४७ रनको साझेदारी गरे।

पन्जाबको बलिंगमा लियाम लिभिंगस्टोन र अर्शदिप सिंहले ३/३ विकेट तथा कागीसो रबाडाले १ विकेट लिए।

जितपछि चौंथो स्थानमा रहेको दिल्लीको १३ खेलमा ७ जित र ६ हार पछि १४ अंक छ। समान १४ अंक सहित बैंगलोर नेट रन रेटमा पछि पर्दै पाँचौ स्थानमा छ। १३ खेलमा १२ अंक सहित पन्जाब सातौँ स्थानमा छ।

दिल्लीले लिग चरणको अन्तिम खेल मे २१ तारिख शनिवार मुम्बई बिरुद्ध खेल्ने तालिका छ। पन्जाबले अन्तिम खेल सनराइजर्स हैदरावादसंग आइतबार खेल्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy