IPL : पन्जाबलाई हराउंदै दिल्ली चौंथो स्थानमा

पन्जाब किंग्सलाई १७ रनले पराजित गर्दै दिल्ली बैंगलोरलाई पछि पार्दै आईपीएल अंकतालिकाको चौंथो स्थानमा उक्लेको छ।

मुम्बई स्थित डीवाई पाटिल स्टेडियममा दिल्लीले दिएको १६० रनको लक्ष पछ्याएको पन्जाबले पुरै २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षतिमा १४२ रन मात्र बनायो। प्रतियोगितामा पहिलो पटक दिल्लीले लगातार २ खेलमा जित हात पारेको हो।

लक्ष पछ्याउने ओपनर जोनी बेयरस्टो २८ तथा शिखर धवन १९ रन बनाएर आउट भएपछि पन्जाबले लगातार विकेट गुमायो। छैठौं ओभरमा शार्दुल ठाकुरले धवन र भानुका राजापक्षको विकेट लिए। लियाम लिभिंगस्टोन र मायाँक अग्रवाल पनि आउट भएपछि पन्जाब १३ औं ओभरमा ८२ /७ को अवस्थामा पुग्यो।

आठौँ विकेटको लागि विकेटकिपर ब्याट्सम्यान जितेश शर्माले राहुल चाहरसंग ४१ रनको साझेदारी गरे। ४४ रन बनएका जितेशलाई शार्दुल ठाकुरले अठारौं ओभरमा क्याच आउट भए। त्यसपछि चाहरले अविजित २५ रन बनाएता पनि जित्न पर्याप्त रहेन।

दिल्लीको बलिंगमा शार्दुल शार्दुल ठाकुरले सर्वाधिक ४ विकेट हात पारे। ४ ओभरमा ३६ रन खर्चेका ठाकुरको यो आईपीएल इतिहासकै व्यक्तिगत उत्कृस्ट स्पेल हो। अक्षर पटेल र कुलदिप यादवले २/२ तथा एनरिक् नोर्कियाले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ७ विकेट क्षतिमा १५९ रन बनायो।

दिल्लीको लागि मिचेल मार्शले सर्वाधिक ६३, सरफराज खानले ३२, ललित यादवले २४ तथा अक्षर पटेलले अविजित १७ रन बनाए। डेभिड वार्नर पहिलो बलमै आउट भएपछि मार्शले सरफराजसंग ५१ रनको तथा ललित यादवसंग ४७ रनको साझेदारी गरे।

पन्जाबको बलिंगमा लियाम लिभिंगस्टोन र अर्शदिप सिंहले ३/३ विकेट तथा कागीसो रबाडाले १ विकेट लिए।

जितपछि चौंथो स्थानमा रहेको दिल्लीको १३ खेलमा ७ जित र ६ हार पछि १४ अंक छ। समान १४ अंक सहित बैंगलोर नेट रन रेटमा पछि पर्दै पाँचौ स्थानमा छ। १३ खेलमा १२ अंक सहित पन्जाब सातौँ स्थानमा छ।

दिल्लीले लिग चरणको अन्तिम खेल मे २१ तारिख शनिवार मुम्बई बिरुद्ध खेल्ने तालिका छ। पन्जाबले अन्तिम खेल सनराइजर्स हैदरावादसंग आइतबार खेल्नेछ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]