बिराटनगरसंग चलेन लेभीको ब्याट, ८४ रनमै पोखरा समेटियो

  • विकेटनेपाल, मङ्सिर-२५ , मंगलबार

एभरेस्ट प्रिमियर लिग टि-२० अन्तर्गत चौथो दिनको पहिलो खेलमा अहिले पारस खड्का कप्तानीको बिराटनगर र कायल कोट्जर कप्तानीको पोखरा राइनोज प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर विराटनगरले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको पोखराले कमजोर ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर ८४ रन मात्रै बनाउन सकेको छ।

टस जितेर बिराटनगर वारियर्सले फिल्डिंग रोजेपछि पोखराले अत्यन्त खराब सुरुवात गर्यो। अघिल्लो २ खेलमा ७९ र ८४ रनको विस्फोटक इनिंग खेलेका रिचर्ड लेभी मात्र ३ रन बनाएर आउट हुन पुगे। कप्तान कायल कोट्जर ( ४ ) र शुबेन्दु पाण्डे ( ० ) र बिनोद भण्डारी ( १ ) ले लगातार विकेट गुमाउन पुग्दा पोखरा ३.५ ओभरमा १९/४ को स्थितिमा पुग्यो।

लेभीलाई देब्रे हाते स्पिनर भान डर मर्वेले विकेट किपर आसिफ शेखको हातबाट क्याच आउट गराए भने कोट्जर पनि ठुलो सट खेल्ने चक्करमा मर्वेकै बलमा क्याच आउट भए। पल भान मिकिरनको बाउन्सरलाई हुक गर्ने चक्करमाल धमलाको स्थानमा पहिलो खेल खेलीरहेका शुबेन्दु पाण्डे विकेटकिपरको हातमा क्याच दिन पुगे। विकेट पछि शुबेन्दुले अम्पायरलाई आउट नभएको बताएका थिए र टिभी रिप्लेमा पनि ब्याट र ग्लब्समा लागेको देखिएको थिएन।

४ विकेट गुमेपछि राजेश कग्लिनले पाँचौ विकेटको लागि ३० रनको साझेदारी गरे। तर क्रिजमा निरन्तर संघर्ष गरेका कग्लिन २० रन बनाएर मिकिरनको बलमा क्याच समातिन पुगे। पुलामी पनि १७ रन बनाएर समित पटेलको सिकार भए।

त्यसपछि सुशन भारि ( ८ ) , बिक्रम सोब ( ५* ) र शक्ति गौचन ( ३*) ले पनि खास योगदान दिन सकेनन फलस्वरूप राइनोजले २० ओभरमा ७ विकेट गुमाएर ८४ रन मात्रै बनाउन सक्यो।

१८ ओभरमा ८० रनको योगफलबाट अन्तिमको २ ओभरमा राइनोजले ४ रन मात्रै जोड्न सक्यो। शक्ति गौचनले ३ रन बनाउन ११ बल खेले। बसन्त रेग्मीले गरेको १९ औं ओभरमा गौचनले ५ डट बल खेल्दा १ रन मात्रै बनाउन सके। यस्तै करन केसीले गरेको इनिंगक ओअन्तिम ओभरमा ३ रन मात्रै बन्यो।

बिराटनगरको बलिङ्गमा पल भान मिकिरनले सर्वाधिक ३ विकेट ( ४-०-१७-३ ) लिए भने भान डर मर्वेले २ ( ४-०-२०-२ ) तथा बसन्त रेग्मी ( ४-०-१५-१ ) र समित पटेल ( ४-०-१०-१ ) ले समान १/१ विकेट लिए। किफायती बलिङ्ग गरेका करन केसीले ४ ओभरमा १४ रन मात्रै खर्चिए।

प्रतियोगिता अन्तर्गत पोखराले पहिलो खेलमा भैरहवासंग ४ विकेटले तथा ललितपुरसंग ८ विकेटले पराजित हुन पुगेको थियो। बिराटनगरले भने पहिलो खेलमा ललितपुर प्याट्रीएट्सलाई ३ विकेटले पराजित गरेको थियो।

( Featured photo – Pokhara Rhinos Facebook )





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]