EPL : ललितपुर बिरुद्ध पोखरा टस जितेर फिल्डिंग गर्दै ( दुवै टिमको अन्तिम-११ )

२०७८ आश्विन १३, बुधबार १२:०३

एभरेस्ट प्रिमियर लिग अन्तर्गत लिगको चौंथो खेलमा पोखरा राइनोज र ललितपुर पेट्रिएट्स प्रतिस्पर्धा गर्दैछन्।

वर्षाका भिजेको आउटफिल्डका कारण ढिला सुरु भएका कारण खेल ७ ओभरको हुनेछ। खेल १२ बजे सुरु हुनेछ। मात्र २ ओभरको पावरप्ले हुनेछ भने एक जना बलरले अधिकतम २ ओभर बलिंग गर्न पाउनेछन्।

खेलमा टस जितेर पोखरा राइनोजका कप्तान बिनोद भण्डारीले टस जितेर फिल्डिंग रोजेका छन्।

पोखरा राइनोजको अन्तिम -११ :  रिचर्ड लेभी, सुनिल धमला, सहान अरचिगे, बिनोद भण्डारी ( कप्तान ) , लोकेश बम, रित गौतम, विवेक यादव, केसरिक् विलियम्स, बिक्रम सोब, सुशन भारि, नन्दन यादव

ललितपुर पेट्रिएट्सको अन्तिम-११ : कुशल भुर्तेल ( कप्तान ) , सन्दुन विराक्कोडी, शंकर राना, ओशाडा फर्नान्डो, पवन सर्राफ, योगेन्द्र सिंह कार्की, राशिद खान, अज्मतुल्लाह ओमरजाई, नारायण जोशी, सन्दिप जोरा, रिजन ढकाल

लिग अन्तर्गत आफ्नो पहिलो खेलमा ललितपुर पेट्रिएट्स काठमाण्डौ किंग्स-११ संग ७ विकेटले पराजित भएको थियो। यस्तै पोखरा राइनोजले भने भैरहवा ग्ल्याडीएटर्ससंग खेल वर्षाका कारण नतिजाविहिन रहंदा अंक बाँडेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy