प्रदेश-२ माथि आर्मीको विशाल जित, राजु र शाहबको उत्कृस्ट योगदान

Raju Rijal

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको टियु मैदानमा सम्पन्न उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश-२ लाई १७१ रनको विशाल अन्तरले पराजित गर्यो।

समुह ‘बि’ अन्तर्गतको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको आर्मीले ५० ओभरमा ९ विकेट गुमाएर २७८ रनको योगफल तयार गरेको थियो। २७९ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश-२ ले ३१.४ ओभरमा १०७ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

प्रदेश-२ लाई सस्तोमा समेट्न आर्मीका देब्रे हाते स्पिनर शाहब आलमले ४ विकेट ( ९-०-२९-४ ) तथा सुशन भारि ( ६.४-१-२०-३ ) ले ३ विकेट लिए। यस्तै जितेन्द्र मुखियाले २ ( ७-३-११-२ ) तथा कुशल मल्लले १ विकेट ( ३-०-१५-१ ) लिए।

Shah Alam bowling
शाहब आलमले ३ विकेट लिए ( फाइल फोटो )

कमजोर ब्याटिंग गरेको प्रदेश-२ को लागि ओपनर हरिशंकर शाहले सर्वाधिक २१ रन बनाए। यस्तै सम्साद शेखले १६, सुधार चौधरीले १५, राशिद खानले अविजित १४ रन योगदान दिए। मेहबुब आलमले ५ रन मात्र बनाउन सके।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा आर्मीको लागि राजु रिजालले सर्वाधिक ९० ( १०९ बलमा ५ चौका र २ छक्का ) योगदान दिए। यस्तै कप्तान बिनोद भण्डारीले ६६ ( ६१ बलमा ९ चौका ) बनाए। रोहित पौडेलए ४७ तथा हरि चौधानले २६ रन बनाए।

पहिलो विकेटको लागि राजु र बिनोदले २१ ओभरमा १२१ रनको साझेदारी गरेका थिए।

प्रदेश-२ का बलर हरिशंकर शाहले ३ विकेट ( १०-१-५५-३ ) लिए। स्कोरकार्ड 

खेलको प्लेयर अफ द म्याच राजु रिजाल चुनिए।

प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा शशस्त्र प्रहरी बल ( एपीएफ ) ले प्रदेश-३ को सामना गरेनछ। प्रदेश-३ को कप्तानी पारस खड्काले गर्ने छन् भने ज्ञानेन्द्र मल्ल पनि खेल्नेछन्।

प्रधानमन्त्री कपमा ७ प्रदेश र ३ विभागीय टिमहरु १० टिम सहभागी छन्। १० टिमलाई २ समुहमा बिभाजन गरिएको छ। समुह चरणमा दुवै समुहमा रहेका टिमहरुले एक-अर्कासंग १-१ खेल खेलेपछि दुवै समुहबाट उत्कृस्ट हुने २ टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

समुह ‘ए’ अन्तर्गत रहेको छ जुन समुहमा प्रदेश-३, प्रदेश-५ , सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र शशस्त्र प्रहरी बल रहेका छन्। समुह ‘बि’ मा प्रदेश-१ , प्रदेश-२ , कर्णाली प्रदेश, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।

प्रतियोगिताको विजेताले नगद २० लाख, उपविजेताले १० लाख हात पार्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद ५० हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा खेल हेर्न पुग्ने दर्शकले छक्का हानेको बल १ हातले समाते ५० हजार रुपैयाँ पुरस्कार दिने समेत आयोजकले घोषणा गरिसकेको छ।

( फिचर फोटो – राजु रिजाल- फाइल )





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]