पिएम कप : तीन वटा रंगशालामा ४६ खेल

काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिताका पहिलो पटक काठमाडौं बाहिर हुने भएको छ।

नेपाल क्रिकेट संघ(क्यान)ले शुक्रवार प्रतियोगिताको खेल तालिका जारी गर्दै प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशको तीन मैदानमा हुने जनाएको छ

प्रतियोगिताका खेलहरू रुपन्देहीको सिद्धार्थ रंगशाला, एस्ट्राटेक ओभलमा र दाङमा रहेको लमही क्रिकेट मैदानमा खेलहरु संचालन हुनेछ।

प्रतियोगिता फागुन २५ देखि चैत १६ सम्म राउण्ड रोबिनका आधारमा संचालन हुनेछ। प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोलीको सहभागीता रहने छ। प्रतियोगितामा फाइनलसमेत गरि ४६ खेलको आयोजना हुनेछ।

लिग चरणमा सबै टोलीले एक आपसमा खेलेपछि शीर्ष स्थानमा रहने २ टोलीका बीच फाइनल खेल हुनेछ। फाइनल खेल चैत १६ मा सिद्धार्थ रंगशालामा हुनेछ। सिद्धार्थ रंगशालामा फाइनल सहितका १७, एस्ट्रा टेकमा १५ तथा दाङको लमहीमा १४ खेल हुनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy