PM CUP Women’s : पहिलो दिन दुई खेल हुँदै

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको सातौं संस्करण धनगढीको फाप्ला मैदानमा आज ( शनिवार ) सुरु हुँदैछ।

पहिलो दिन समुह ‘ए’ अन्तर्गतका दुई खेल हुनेछन्। दिनको पहिलो खेलमा बिहान ९ बजे डिफेन्डिङ च्याम्पियन प्रदेश नम्बर-१ र कर्णाली प्रदेश तथा दिनको दोश्रो खेलमा दिउँसो १ बजे बागमती प्रदेश र लुम्बिनी प्रदेश प्रतिस्पर्धा गर्नेछन्। खेलहरुको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स च्यानलले गर्नेछ।

पुस ३ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीको सहभागिता छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा प्रदेश १, लुम्बिनी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेश रहेको छ । समूह ‘बी’ बाट नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश २ ले प्रतिस्पर्धा गर्दैछन् । दुवै समूहका टोलिहरुले एकअर्कासंग एक-एक खेल खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने दुई/दुई टिमले सेमीफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

खेल तालिका

प्रतियोगिताको गत संस्करण दाङमा आयोजना भएको थियो जसको उपाधि रुबिना क्षेत्री कप्तानीको प्रदेश नम्बर-१ ले जितेको थियो। फाइनलमा उसले शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई ६ रनले पराजित गरेको थियो। अघिल्लो संस्करण बाहेक प्रतियोगिताको अन्य सम्पूर्ण संस्करण एपीएफले जितेको थियो।

प्रतियोगिता आयोजना हुने धनगढीको फाप्ला क्रिकेट मैदान




थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]